२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

राजको मनै रुवाउने गीत ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर गायक राज लिम्बुले आफ्नो नयाँ गीत ‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन्। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।
नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड भएका छन्। यसका साथै भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। बिष्णुको अभिनय तारिफ योग्य छ। इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्