८ मंसिर २०८३, सोमबार
Logo

चिकित्सक मनोर सैयदद्वारा भोटेकोशी बाढी प्रभावितलाई न्यानो कपडा तथा सामग्री हस्तान्तरण

नुवाकोट । चिकित्सक मनोर सैयदले भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भएका रसुवाका बाढी प्रभावित परिवारहरूलाई न्यानो कपडा तथा अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ स्थित कोदोबारीमा आश्रय लिएर बसिरहनुभएका बाढी प्रभावितहरूलाई डा. सैयदले १०० थान सिरक सहित जाकेट, टोपी, हाइनेक, मोजा, पन्जा, हिटर, थर्मस र पानी तताउने इलेक्ट्रिक जग वितरण गर्नुभएको हो। बढ्दो चिसोलाई मध्यनजर गर्दै डा. सैयदले विशेषगरी सुत्केरी महिला, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा साना बालबालिकाहरूलाई प्राथमिकतामा राखेर उक्त न्यानो कपडा तथा विद्युतीय सामग्रीहरू प्रदान गर्नुभएको हो।

विपत्तिको समयमा आश्रयस्थलमा बसिरहेका असहाय र जोखिममा रहेका नागरिकहरूले यस सहयोगबाट ठूलो राहत महसुस गरेका छन्। अस्पतालको व्यस्त ड्युटीबाट बचेको समय र सार्वजनिक बिदाको सदुपयोग गर्दै डा. सैयद देशका विभिन्न कुनाका बस्ती–बस्तीमा पुगेर यसरी नै निरन्तर मानवीय सेवा गर्दै आउनुभएको छ। जहाँ जस्तो आवश्यकता पर्छ, त्यहीँ पुगेर निःस्वार्थ भावले सहयोग गर्ने उहाँको यो अभियानले संकटमा परेका नागरिकहरूलाई मलम लगाउनुका साथै समाजमा मानवीय सेवाको उत्कृष्ट उदाहरण समेत प्रस्तुत गरेको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्