तारकेश्वरका दुई वडालाई चिकित्सक सैयदद्वारा न्यानो सामग्री हस्तान्तरण

नुवाकोट। तारकेश्वर गाउँपालिका वडा नम्बर २ र ४ का स्थानीयलाई लक्षित गरी चिकित्सक मनोर सैयदले न्यानो सामग्री तथा दैनिक उपभोगमा आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ।
पत्रकार रूपा अर्यालको सहजीकरण तथा तारकेश्वर गाउँपालिका वडा नम्बर २ र ४ ले उपलब्ध गराएको विवरणका आधारमा सामग्री हस्तान्तरण गरिएको हो। सैयदले दुवै वडाका लागि १०० थान सिरक, १०० थान ज्याकेट, १०० थान ह्यान्डेक, टोपी, हिटर, पानी तताउने विद्युतीय जग, थर्मस लगायतका सामग्री उपलब्ध गराउनुभएको हो।

अस्पतालको जिम्मेवारीसँगै चिकित्सक सैयदले विभिन्न आवश्यकता भएका स्थान तथा समुदायमा पुगेर निरन्तर सहयोग हस्तान्तरण गर्दै आउनुभएको छ।
तारकेश्वर गाउँपालिकामा सैयदले गर्नुभएको यो दोस्रो चरणको सहयोग हो। यसअघि उहाँले तारकेश्वर गाउँपालिका वडा नम्बर २ र ४ का स्थानीयलाई लक्षित गरी करिब ८ लाख रुपैयाँ बराबरका निर्माण सामग्री हस्तान्तरण गर्नुभएको थियो। स्थानीय आवश्यकताको पहिचान गरी सम्बन्धित वडाले उपलब्ध गराएको विवरणका आधारमा सामग्री वितरण गरिएको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्