२३ कार्तिक २०८३, आईतवार
Logo

कञ्चना देउराली र सूर्यगढीबीच मेयर कपको उपाधि भिडन्त भोलि

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित अर्चले खेल मैदानमा सञ्चालन भइरहेको सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुला फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल भोलि (कात्तिक २३ गते) हुने भएको छ।

कात्तिक १७ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधिका लागि आयोजक कञ्चना देउराली युवा क्लब र सूर्यगढी युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। दुवै टोलीले सेमिफाइनलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिने भएकाले फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। दुवै टोलीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछन्।

यसैबीच, प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

Shivapuri rural municipality awareness message jalapanews

कात्तिक १७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता फाइनल खेल तथा समापन समारोहसँगै भोलि सम्पन्न हुनेछ। प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्