११ कार्तिक २०८३, मंगलवार
Logo

सूर्य कँडेलको संयोजकत्वमा ३३ सदस्यीय भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति गठन

नुवाकोट। भोटेकोशी–त्रिशूली बाढीपीडितहरूको हकहित संरक्षण, समस्या समाधान तथा पीडितका जायज माग सम्बोधनका लागि सूर्य कँडेलको संयोजकत्वमा ३३ सदस्यीय भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोट गठन गरिएको छ।

गठित समितिको संयोजकमा सूर्य कँडेल चयन हुनुभएको छ भने सहसंयोजकमा सुरेन्द्र राज केसी, रामहरि अधिकारी र अष्टमान डंगोल चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरण प्रसाद अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन हुनुभएको छ।

कुल ३३ सदस्यीय समितिले बाढीपीडित नागरिकहरूले भोग्दै आएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पीडितका माग तथा मुद्दालाई प्रभावकारी रूपमा उठाउने र राहत, क्षतिपूर्ति तथा पुनर्स्थापनाका विषयमा आवश्यक पहल गर्ने उद्देश्य राखेको छ।

बाढीबाट प्रभावित नागरिकहरूको समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै पीडितलाई न्याय दिलाउन समितिले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Shivapuri rural municipality awareness message jalapanews

समितिले बाढीपीडितहरूको हकहितका पक्षमा एकताबद्ध भएर आवाज उठाउँदै उनीहरूका जायज माग सम्बोधन गराउन पहल गर्ने विश्वास लिइएको छ।

३३ सदस्यीय समिति गठन भएसँगै भोटेकोशी–त्रिशूली बाढीपीडितका समस्या समाधान, उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाका लागि सामूहिक पहल अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्