१२ श्रावण २०८१, शनिबार
Logo

यस बर्ष तारुकाको चन्दनी कटहरबोट पाटोमा माघ १ र २ गते २८ हल गोरु जुध्नेछन्

बिष्णु प्रसाद अधिकारी-

थारु र मगरको बिशेष चाड हो माघी । त्याही माघीमा नुवाकोटमा गोरुजात्रा लाग्छ ।


माघ १ गते नुवाकोटको तारुकामा गोरुले रमिता देखाउ छ भने नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, सिंधुपाल्चोक, काभ्रेपलांचोक भनौ नेपाल भरीका थाहा पाए र सुने सम्मका मानिसहरुलाई रमिता हेर्न आउन मन लाग्छ,नुवाकोटको तारकेश्वर गाउपालीकाको तारुकामा ।
नेपालीको घर घरमा माघेसंक्रान्तिका दिनमा अनेक खाद्यपदार्थ उसिनेका तरुल, पोलेका पिंडालु , घ्यु चाकु, तिलौरी,फुल्यौरा ,सेल रोटी, मासकोे खिचडी साथमा परम्परा अनुसारको सगुन । यो बिचमा तारुकाको चंदनीमा भने थप रमिताका साथ गोरु जुधाईन्छ ।


भान्सामा परम्परागत अनेक परिकार पकाएर खाने परम्परा सगै नुवाकोटमा ऐतिहासिक रुपमा नै गोरु जुधाउने परम्परा छ । नुवाकोट तारकेश्वर गाउपालीकाको गोरु जुधाईको इतिहांस नियाल्ने हो भने फरक फरक धारणा पाइन्छ ।

Shivapuri rural municipality awareness message jalapanews


नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा एक सय ३० वर्षअघिदेखि प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने प्रचलन छ ।
जयपृथ्वीबहादुर सिंह बझाङका ५६औँ राजा दस बर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका आएका थिए । उनको सात पुस्ता सम्मले बसी खाने घरमावली तारुका, उनी तारुकाका ‘झोलीको देउता’ त्यसमाथी पनि बझांगी राजा बिक्रम बहादुर सिंहको छोरा ।। उनको मनोंजनको लागी माघेसंक्रान्तिका दिन गोरु जुधाए को भन्ने स्थानियको भनाई छ ।

साथै नेपाली कांगे्रसको राजनितीक इतिहास तथा काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको राजनितीक चतुराई संग समेत जोडेर हेर्ने गरको इतिहास पनि जिबितै छ ।

त्यस बेला देखी तारकेश्वर गाउपालीका वडा नं ३ मा निरन्तर प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने संस्कार बसेको छ । तारकेश्वर गाउपालीकाका माओवादी नेता तथा स्थानिय जनकराज ढुंगानाको अनुसार तारकेश्वरमा गोरु जुधााइको संस्कारलाई जीवन्त राख्न २०६२ साल देखि स्थानीय युवाको पहलमा मेला र पर्वकै रुपमा मनाउन थप ब्यबस्थित बनाउन थालिएको छ । २०६२ साल देखी एकिकृत अबधारणा सहित मेला सभ्य र भब्य हुने गरेको स्थानिय जनकराज ढुंगानाले बताउनु भयो ।


बिगतको बर्षहरुमा भन्दा यस बर्ष मेला थप आकर्षित रहेको उपाध्यक्ष हरी प्रसाद रिमालले बताउनु भयो । उपप्रमुख रिमाललका अनुसार स्थानिय मेला तथा पर्व ब्याबस्थापन अन्तर्गत गाउँपालिकाले बजेट ब्याबस्थापन गरेको छ । ऐतिहासिक तथा पर्यटकिय स्थानहरुलाई थप ब्याबस्थिा र मर्यादित बनाउदै पर्यटन प्रर्वधन गर्ने लक्ष्य अनुरुप गाउँपालिका लाग्ने उपप्रमुख रिमालले बताउनु भयो ।
तारुकामा माघीको दिनमा जुधाउने गोरुहरु ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको हुन्छ । पछिल्लो बर्षहरुमा गोरु धनिहरुलाई नगद पुरस्कार को ब्याबस्था समेत गरिदै आइएको छ ।


दर्शक गोरुको लडाइमात्र रमाइ रहेका हुदैनन् , गारु मालीकहरुको अनुहारले समेत दर्शकलाई लालाहित तुल्याउ छ । मैदानमा बुंग धुलो उडाएर जुधिरहेका गोरु धनीका अनुहार त झन् छिनछिनमै हाँस्ने र रुने गरिरहेको हुन्छ । हुन पनि किन नहोस बर्ष भरी लागाएर गोरुको रेखदेख र छोरा छोरीलाई जस्तै माया गरेर सिपाहीको रुपमा मैदानमा तयार गरेर ल्याएका हुन्छन् ।
मोटरबाटाको सुबिधा,बाइक तथा सवारी पार्किङको सुबिधा, खाना खाजाका लागी होटलको राम्रो ब्याबस्था रहेको र आबश्यकता अनुरुप बसाइको लागी होम स्टेको समेत ब्याबस्था रहेको आयोजक समितीका मदन श्रेष्ठले बताउनु भयो ।

बाह्य अबलोकन कर्ताहरु पनि सहजै रुपमा तारुकाको चंदनीमा आउन सक्छन् । जसको लागी काठमाडौँबाट ५० किलोमिटर पश्चिम र पोखराबाट एक सय ५० किलोमिटर पूर्वमा गल्छी पर्दछ । गल्छीबाट कोल्पुटार हुदै त्रिशुली नदीको तिरैतिर तारुकाघाट आइपुगिन्छ ,भने तारुकाघाटमा त्रिशुली पारीपट्टी तारकेश्वरको मन्दिर छ, त्यही मन्दीरको बाटो हुदै करिब ७ किलोमिटरको दुरी पार गरेपछि चंदनी पुग्न सकिन्छ ।

यस बर्ष तारुकाको चन्दनी कटहरबोट पाटोमा माघ १ र २ गते २८ हल गोरु जुध्नेछन् । नुवाकोट तारुका आसपासका २६ हल गोरु र २ हल छिमेकी जिल्ला धादिङको गोरुको लडाई देख्न सकिन्छ । साथमा चर्चित लोकदोहोरी गायिका कमला घिमिरे, नबिन पौडेल, सुमन परियारको दमदार प्रस्तुति समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्