बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशीलाई

दुप्चेश्वर गाउँपालिका द्वारा आयोजना गरिएको बागमती प्रदेश अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधी रामेछापको लिखु तामाकोसी गाउँपालिकाले जितेको छ ।
शुक्रबार दुप्चेश्वरको भ्याङ्लेमा सम्पन्न फाइनलमा धादिङको रुवि भ्याली लाई हराउँदै लिखु तामाकोसीले उपाधी हात पारेको हो । त्यसैगरी नुवाकोटको दुप्चेश्वर तेश्रो भएको छ ।

प्रतियोगितामा लिखु तामाकोसीका रोशन मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । बेस्ट स्पाइकरमा रुवि भ्यालिका प्रकाश तामाङ, बेस्ट डिफेन्डर दुप्चेश्वरका समीप केसि, बेस्ट सेटर लिखु तामाकोसीका माइकल आले, बेस्ट सर्भर दुप्चेश्वरका राजिब कँडेल, बेस्ट ब्लकर रुवि भ्यालिका मुकेश लामा र बेस्ट कोच लिखु तामाकोसीका कुन्ज थापा मगर घोषित भए ।

त्यसैगरी अन्तर गाउँपालिका महिला भलिबलको उपाधी म्यागङ गाउँपालिकाले जितेको छ ।
प्रतियोगितामा दुप्चेश्वर “बि” दोश्रो र लिखु गाउँपालिका तेश्रो भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यागङका काजल तामाङ, बेस्ट स्पाइकर दुप्चेश्वरका सुमिता तामाङ, बेस्ट सेटर म्यागङका रस्मिता तामाङ, बेस्ट सर्भर दुप्चेश्वरका कजिना तामाङ र बेस्ट कोछ म्यागङका सुनिल कुमार तामाङ घोषित भएका छन् ।

प्रतियोगिताको उद्घाटन संघीय साम्सद एवं नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व मन्त्री हित बहादुर तामाङले गर्नुभएको थियो भने समापन प्रदेश साम्सद एवं नेकपा माओवादी केन्द्रिय सदस्य राधिका तामाङले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्