८ असार २०८१, शुक्रबार
Logo
final gp koirala advert

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी क्षेत्रपाल माबिको हातमा

लिखु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी क्षेत्रपाल माध्यमिक बिद्यालयले हात पारेको छ ।

२१ स्वर्ण, १० रजत, ४ कास्य पदक प्राप्त गरि क्षेत्रपाल माध्यमिक बिद्यालयले उपाधी जितेको हो ।

त्यसैगरी महेन्द्र महेशदेव माध्यमिक बिद्यालयले ४ स्वोर्ण,
७ रजत र ५ कास्य प्राप्तगरी दोश्रो र
ज्योति कुन्ज एकेडेमी ३ स्वर्ण,
१ रजत र ६ कास्य पदक प्राप्तगरी तेश्रो स्थान पक्का गरेका छन् ।

प्रतियोगितामा पहिलो दोश्रो र तेस्रो हुने टिमले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।
तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न ८ वटा बिद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्