१२ श्रावण २०८१, शनिबार
Logo

सुदिप जोशीको शब्द, संगीतमा ‘दाम छैन गोजीमा’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक पूर्ण घिसिङको युगल गायनमा समावेश लोकपप शैलीको ‘दाम छैन गोजीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा सुदिप जोशीको शब्द, संगीत रहेको छ। गीतलाई राकेश सोनीले संगीत संयोजन गरेका हुन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा विजय धमलाको कोरियोग्राफी रहेको छ। अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका हुन्।
म्युजिक भिडियोमा अन्जली अधिकारी र गायक पूर्ण घिसिङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। उषा पराजुलीको कन्सेप्ट रहेको यस भिडियोलाई संजय धमलाको निर्देशनमा तयार पारिएको हो। भावना म्युजिक सोलुसनको च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्