१२ श्रावण २०८१, शनिबार
Logo

‘विश्वव्यापी अनलाइन भिडियो प्रतियोगिता’ गर्दै गाउँले प्रोडक्शन

काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई लक्षित गरि,आफ्नो ठाउँ विशेषको प्रचार तथा प्रवर्द्धन गराउने उद्देश्यले ‘विश्वव्यापी अनलाइन भिडियो प्रतियोगिता’ हुने भएको छ।
गाउँले प्रोडक्शनले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागी हुन आफ्नो वरपर लुकेर रहेका कुनैपनि स्थान , जीवनशैली ,प्राकृतिक सम्पदा,संस्कार , संस्कृति ,बाटोघाटो तथा कृषि आदिलाई समेटेर मोबाइल वा क्यामराबाट ५ मिनेट सम्मको सृजनात्मक भिडियो बनाई पठाउनु पर्नेछ।

प्रतियोगिताको नियमहरु:
१.प्रतियोगितामा संसारको जुनसुकै ठाउँबाट जुनसुकै समुदाय,उमेर,लिङ्ग,वर्ण ,जातिले सहभागीता जनाउन सक्नुहुनेछ।
२. भिडियो क्लिप कम्तिमा ५ मिनेटको हुनुपर्नेछ। एउटै प्रतिस्पर्धीले फरक शैलीको भिडियो एक भन्दा बढी पनि पठाउन सक्नुहुनेछ र यसको मुल्याङ्कन पनि छुट्टा छुट्टै हुनेछ।
३. भिडियो विशेषगरी आफ्नो गाउँठाउँ वरपरका जीवनशैली ,सौर्न्दर्यता,प्राकृतिक सम्पदा,संस्कार संस्कृति ,बाटोघाटो तथा कृषि आदिलाइ समेटिएको हुनुपर्नेछ।
४.प्रतियोगीले अनिवार्य रुपमा गाउँले फ्रोडक्शन हाउसको फेसबुक पेज लाइक , सेयर र युट्युब च्यानल ( Gaule production house )लाइ सब्सक्राइब गरेको हुनुपर्नेछ।
५.निर्णायकबाट ३०%,लाइक र भ्युजबाट ५०% र पब्लिक कमेन्ट (च्वाइस) बाट २०% गरि भिडियोको मुल्यांकन गरिनेछ।
६.भिडियो गाउले फ्रोडक्शन हाउसको युट्युब च्यानलबाट सार्बजनिक गरिनेछ। भिडियो अपलोड भएको ३० दिन भित्रको लाइक र भ्युजले मात्र मान्यता पाउनेछ।

७.भिडियो +८२०१०२४६९९३०६ नम्बरमा ह्वाटएप्स तथा भाइबर मार्फत पठाउन पर्नेछ साथमा नाम ,ठेगाना र प्रमाणपत्रको लागि पासपोर्ट साइज फोटो उपलब्ध गराउनुपर्नेछ।
८.भिडियो (२५ अगस्ट २०२१ देखि २५ सेपेटेम्बर २०२१ ) सम्ममा पठाइसक्नुपर्ने छ।
९.दुई चरणमा छनौट गरिनेछ, पहिले टप टेन जसलाई direct दोस्रो सिजनको “को जित्छ Bajaj Pulsar 150” मा सहभागी गराइनेछ,भने प्रथम स्थान हासिल गर्नेलाई Direct दोस्रो सिजनको टप फाइभ मा प्रबेश गराइनेछ।

Shivapuri rural municipality awareness message jalapanews


१०.प्रतियोगितामा आयोजकको निर्णय अन्तिम हुनेछ।

यस प्रतियोगिता मा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमश रु, १५०००, रु , १०००० र रु ५००० नगद पुरुस्कार र सम्मानपत्र प्राप्त गर्ने छन्। गाउँले प्रोडक्शनको युट्युब च्यानल
https://www.youtube.com/channel/UCm8B2dy_phe7ieunCqi85ow

प्रतिक्रिया दिनुहोस्