घ्याङस्वारा पर्यटकीय पार्कमा श्रमिकसँगै चियाका कोपिला टिप्दै पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट
“नेतृत्व त्यो होइन, जो श्रमिकभन्दा माथि उभिन्छ; नेतृत्व त्यो हो, जो श्रमिकसँगै उभिएर श्रम गर्छ।“ यही भावनालाई आत्मसाथ गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ घ्याङस्वारा पर्यटकीय पार्क क्षेत्रमा आफैंले लगाएका चियाका बिरुवाबाट चियाका कोपिला टिप्न श्रमिकहरूसँगै श्रममा जुट्नुभएको छ ।

अध्यक्षको कुर्सीमा बसेर निर्देशन दिनुभन्दा आफैं भुइँमा ओर्लेर श्रमिकहरूसँगै काँधमा काँध मिलाई काम गरिरहेको यो दृश्य केवल एउटा तस्बिर मात्र नभएर श्रमको सम्मान र श्रमसँग जोडिएको नेतृत्वको सुन्दर उदाहरण बनेको छ । यस कार्यले श्रमप्रतिको सम्मान, श्रमिकप्रतिको आत्मीयता र स्थानीय उत्पादनप्रतिको प्रतिबद्धतालाई प्रस्ट पारेको छ ।
घ्याङस्वारा पार्कमा फस्टाउँदै गरेको चिया केवल एउटा बाली मात्र नभई यो क्षेत्रकै रोजगारी, उद्यमशीलता, स्थानीय उत्पादन र आत्मनिर्भरताको महाअभियान पनि हो। स्थानीय सरकार प्रमुख आफैं उत्पादन र श्रममा जोडिएपछि यसले स्थानीयबासी र श्रमिकहरूमा थप उत्साह थपेको छ ।
अध्यक्ष तामाङको यो व्यावहारिक नेतृत्वले समाजमा “श्रम गरौँ, श्रमको सम्मान गरौँ“, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ“ र “श्रमबाट समृद्धिको बाटो निर्माण गरौँ“ भन्ने मूल सन्देश प्रवाह गरेको छ, जसको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्