१२ श्रावण २०८१, शनिबार
Logo

तेश्रो चेयरमेन कप भलिबल प्रतियोगिताको उपाधी घरेलु टिम पंचकन्यालाई

पंचकन्या गाउपालीमा जारी तेस्रो चेयरमेक कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।


मंसिर २९ गतेबाट जारी अन्तरपालीका चेयरमेन कप भलिबल प्रतियोगिताको उपाधी पंचकन्या गाउपालीका ए टिमले जितेको छ ।
त्यसैगरी क्रमश दोश्रो स्थानमा घरेलु टिम पंचकन्या बि, तेश्रो स्थानमा दुप्चेश्वर गाउपालीका र चौथो स्थान तथा प्रोत्साहन पुरस्कार म्यागङ गाउपालीकाले हात पारेको छ ।


प्रतियोगितामा प्रथम टिमलाई १ लाख द्धितिय टिमलाई ७५ हजार, तृतिय टिमलाई ५० हजार र सान्त्वना भएको टिमलाई रु १५ हजार नगद सहित ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिएको छ ।
“खेल र खेलाडीबाट सिकौ अनुसाशन र स्वाभिमान, संमृद्ध पंचकन्या निर्माण हाम्रो अभियान” भन्ने नाराका साथ सम्पन्न भएको प्रतियोगिताका बिजेताहरुलाई गाउपालीकाको अध्यक्ष तेजबहादुर तामाङ रमेशले शुभकामना दिनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी तथा गाउपालीकाको उपाध्यक्ष सिता पराजुली खड्काले बिजयी टिमलाई नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने । गाउपालीकाको अध्यक्ष तेजबहादुर तामाङ रमेशले समापन कार्यक्रममा उद्घोषण गर्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्