१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको पंचकन्या गाउँपालिका प्रधानमन्त्रीरोजगार कार्यक्रममा देशकै उत्कृष्ठ

नुवाकोटको पंचकन्या गाउँपालिका प्रधानमन्त्रीरोजगार कार्यक्रममा देशकै उत्कृष्ठ पालिका बनेको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटको उच्चतम प्रयोग गरि गाउँपालिकाले सुन्दर पार्क निर्माणमा लगानी गरेको छ । पंचकन्या गाउँपालिकाले छिटो मात्र नभई देशकै उत्कृष्ठ काम गरेको कार्यक्रम निर्देशक तथा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताउनु भयो ।


झारपात उखल्ने र अर्थहिन काममा रोजगारको बजेट खेर फालिरहेका स्थानियतहरुले नुवाकोटको पंचकन्या गाउँपालिकाबाट सिक्नु पर्ने सहभागिहरुले बताएका छन् । नुवाकोटको पंचकन्याले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेट पंचकन्याको निकै सुन्दर र पर्यटन संभावना बोकेको घ्याङ स्वारामा लगानी गरि सुन्दर पार्क निमार्ण सम्पन्न अन्तिम चरणमा पुर्याएको छ । पार्क निमार्णमा प्रधानमन्त्री रोजगार को साथै पर्यटन बोर्डबाट उपलब्ध ४० लाख रुपैया, गाउँपालकिाको बार्षिक बजेट समेत लागानी भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्