१२ श्रावण २०८१, शनिबार
Logo

इन्द्रायणी प्राविधिक बिद्यालयलाई उत्कृष्ट बिद्यालयका रुपमा बिकास गरिने

पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ (रमेश) ले इन्द्रायणी प्राविधिक बिद्यालयलाई जिल्लाकै उत्कृष्ट बिद्यालयका रुपमा बिकास गरिने बताउनु भएको छ ।

बिद्यालयको ३५ औं वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष तामाङले उक्त कुरा बताउनु भएको हो । बिद्यालयले उत्कृष्ट नतिजा हालिस गरेकोमा खुसी ब्यक्त गर्दै अन्य बिद्यालयले समेत अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । बिद्यालयमा टाढाबाट आउने बिद्यार्थीलाई आवासका लागि छात्रावास भवन निर्माण गर्नुका साथै बिद्यालयमा स्टाफ नर्सको दरबन्दी ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष बिमला पाठकले शुभकामना मन्तव्य राख्नुहुँदै गैरसरकारी संघ संस्था परिचालन गर्दा आबश्यकताका आधारमा परिचालन गरिएको र त्यस क्रममा यसै बिद्यालयलाई प्राथमिकतामा दिएर विभिन्न संस्था परिचालन गरि शैक्षिक गुणस्तर कायम गर्न गाउँपालिका लागि परेको बताउनु भयो ।

वडा अध्यक्ष महानन्द ढकालले आफ्नो कार्यकालमा नमुना बिद्यालयको रुपमा बिकास गर्न आफुले सक्दो मेहनत गर्ने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

बिद्यालयका प्रधानाध्यापक कुमार पाठकले बिद्यालयलाई अहिलेको स्थानमा पुर्याउन पालिकाको महत्त्वपूर्ण सहयोग प्राप्त भएको बताउनु भयो, पालिकाको सहयोगमा च्याउ घर निर्माण, टनेल निर्माण गरिएको बताउनु भयो । बिद्यालयलाई कृषी अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने योजना रहेको बताउनु भयो ।

प्राबिधिक धार तर्फ बाली बिज्ञान पढाइ हुने यस बिद्यालयमा ९ देखि १२ कक्षाका बिद्यार्थीहरुले सिक्दै र सिकाउँदै परियोजना अन्तर्गत पाँचवटा टनेलमा व्यावसायिक तरकारी तथा फुल खेती गर्दै आएको छ । वार्षिकोत्सबको अबसरमा गत शैक्षिकसत्रमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो ।

तसैगरी समाजसेवी भगवान पौडेल र अच्युत खतिवडाले स्थापना गर्नुभएको अक्षय कोषबाट ९ जना बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको थियो । ब्यबस्थापन समितिका अध्यक्ष उत्तम पाठकको अध्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्