१२ श्रावण २०८१, शनिबार
Logo

कपिलेश्वरफेदी बृहत खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न

पंचकन्या गाउपालीका वडा न २ कबिलाशमा कोरोना कहरका बिच पनि कपिलेश्वर फेदी बृहत खानेपानी आयोजनको डिप बोरिङको काम अन्तीम चरण पुगेको गाउपालीकाले बताएको छ ।
संघिय सरकारको बिशेष अनुदान परेको उक्त योजना २०७६ /७७ मा कोरोना कहरका कारण सम्पन्न हुन सकेको थिएन ।

१ करोडको बिशेष अनुदानमा टेण्ठर भएको डिप बोरिङ ७९ लाखमा निर्माण सम्पन्न हुने गरि सम्झौता गरीएको गाउपालीकाको कार्यलयले जानकारी दिएको छ ।
यो पिडबोरिङ योजनाबाट गुर्थोक, पारथोक , कपिलेश्वरफेदी र छापथोकका ७५ घरपरवारका करिब ३५० जना उपभोक्तालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनिले बताउनु भयो । प्रमुख पुडासैसिनका अनुसार कोभिडका कारण प्रभाबित बनेको योजना जन चाहानाका कारण संचालन गरिएकोमा अहिले निर्माण अन्तीम चरणमा पुगको हो । अब छिटै उपभोक्तको घरघरमा पानी पुग्ने प्रमुख पुडाशैनि बताउनु हुन्छ ।


कपिलेश्वरफेदी बृहत खानेपानी आयोजनाको पानी बितरणको लागी पाइप बिछ्याउने काम र उपभोक्ताको घरमा धारा निर्माणको काम भैसको छ । त्यस्तै अहिले पानी जम्मा गर्ने ट्यांकी निमार्णको काम भैरहेको गाउपालीकाले बताएको छ । असारमा ७० प्रतिशत काम सम्पन्न भएको आयोजनको अहिले ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको गाउपालीकाले बताएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्