१२ श्रावण २०८१, शनिबार
Logo

लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता

छैठौं लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्रपाल माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरुभएको छ ।

“लिखुको ध्यान अनुशासित तथा उत्कृष्ट खेलाडी उत्पादन” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा ८ वटा बिद्यालयले प्रतिस्पर्धा गर्न लागेका छन् ।

लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठले उद्घाटन मन्तव्य राख्दै भन्नुभयो “गाउँ, क्षेत्र तथा जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै देशकै प्रतिनिधित्व गर्न सक्ने खेलाडी लिखुले उत्पादन गर्छ र त्यसको लागि लगानी गर्न तयार छ” ।

तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, हाइजम्प, ज्वालिङ थ्रो, सटपुट, लङजम्प, त्रीपल जम्प, कवड्डि, एथलेटिक्स एकसय मिटर, चारसय मिटर, पन्ध्रसय मिटर र तीन हजार मिटर दौडको हुने बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्