१२ श्रावण २०८१, शनिबार
Logo

विदुर मेयर कप फुटबल प्रतियोगिता बिवादमा

बिदुर नगरपलिकाको आयोजना जारी अन्तर पालिका स्तरीय विदुर मेयर कप फुटबल प्रतियोगिता बिवादमा तानिएको छ ।

समुहगत चरण समापन संगै सेमिफाइनल प्रवेशको बिषयमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष राइले आयोजकले खेलको नियम बितरित निर्णय गरेको बताएका छन ।

संजाल मार्फत सार्वजनिक गरिएको ध्यानाकर्षण पत्रमा फिफाको नियम बिपरित आयोजकले जथाभावी निर्णय गरिएको बताउदै समस्या समाधान गरेर मात्रै बताउदै खेल सुचारु गर्न अनुरोध गरेका छन ।

अध्यक्ष राइको ध्यानाकर्षण पत्र ।

Shivapuri rural municipality awareness message jalapanews

विदुर मेयर कप फुटबल प्रतियोगिता २०८० को ग्रुप A को समुह विजेता घोषणा प्रति गम्भीर ध्यानाकर्षण भएको छ,
ग्रुप A को दुइ वटा टिमको समान अङ्क लिखु गाउँपालिका अङ्क तालिकामा ५ र सुर्यगढी गाउँपालिका अङ्क तालिकामा ५ भएको र समान अङ्क भएको अवस्थामा गोल हानेको विधि वाट,गोल हानेको विधिमा पनि बराबर भएमा, पहेलो कार्ड र रेड कार्डको विधि वाट र त्यसमा पनि बराबर भएमा तस प्रणाली वाट विजेता घोषणा हुनुपर्नेमा दुवै टिमको समान अङ्क भएको र गोल हानेको लिखु गाउँपालिकाको बढि ४ गोल र सुर्यगढी गाउँपालिकाको २ गोल भएको हुदा हुदैको अवस्थालाई पनि व्यवस्ता गरि नियम विपरित समुहको A को विजेता घोषणा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ र उक्त निर्णय‌मा भएको त्रुटिलाई सच्याएर नियमानुसार घोषणा गरिदिनुहुन मुख्य आयोजक विदुर नगरपालिका र सह आयोजक नुवाकोट एन्फालाई हार्दिक अनुराेध गर्दछु। र यो निणर्य छानबिन गरेर मात्र खेल सुचारु गर्न पनि अनुरोध गर्दछौ।
सन्तोष राई
अध्यक्ष
जिल्ला खेलकुद विकास समिति नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्