लिखु गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा आयोजक गड्खार जनजागरण क्लबको बिजयी सुरुवात
गड्खार जनजागरण युवा क्लबद्वारा आयोजना गरिएको लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगितामा आयोजक गड्खार जनजागरण क्लबले बिजयी सुरुवात गरेको छ ।
आज सम्पन्न उद्घाटन खेलमा चक्रदेबी युवा क्लबलाई ३-१ गोलले पराजित गरि बिजयी भएको हो । त्यसैगरी दोश्रो खेलमा पोखरेली युवा क्लबले बराफेदी युवा क्लबलाई शुन्य का विरुद्ध ३ गोलले बिजयी भएको छ ।
कुल १० टिमले सहभागिता जनाएको प्रतियोगितामा २३ वटा खेल हुनेछन । प्रतियोगितामा बिजेता हुने क्लबले घोर्ले खसिका साथै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी उप बिजेतो क्लबले दारी बोका, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, अधिक गोलकर्तालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सन्तोष राईले बताउनु भयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी हितबहादुर तामाङले राज्यले खेलकुदमा लगानी बढाउनु पर्ने बताउनु भयो । नेता तामाङले खेल क्षेत्रलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठले आफू नेतृत्वको लिखु गाउँपालिकाले खेलकुदलाई प्रहिलो प्राथमिकतामा राखेको बताउनु हुँदै प्रतियोगिताको आयोजक गड्खार जनजागरण युवा क्लबले आयोजना गरेकोमा धन्यबाद दिनुभयो । उद्घाटन कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारी, नेकपा ( माओवादी) केन्द्रका नेताहरु प्रमोद लाल श्रेष्ठ, धर्म अधिकारी, भिम ढकाल, मिलन लामा लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्