८ चैत्र २०८१, शनिबार
Logo

तिनपिप्ले-रानिपौवा सडकको टेण्डर हुँदै, १ अर्व ३३ करोड ९३ हजार २ सय ६८ लागत अनुमान


पासाङल्हामु राजमार्ग अन्तर्गत तिनपिप्ले –रानिपौवा खण्डको सडक स्तरोन्नतीका लागी भदौ महिना भित्रमा टेण्डर हुने भएको छ ।


यसै आर्थिक बर्षको बजेट मार्फत श्रोत सुनिस्चित पश्चात् भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बहुबर्षिय ठेक्का स्वीकृत गर्नुभएको पुर्व मन्त्री तथा साम्सद हित बहादुर तामाङले बताउनु भयो ।


कुल १ अर्व ३३ करोड ९३ हजार २ सय ६८ रुपैयाँमा बन्न लागेको १२.५ किलोमिटर सडक आसफाल प्रबिधिको पिच गरिने र सडक २ लेनको अर्थात ७ मिटर चौडाइको हुने संघिय सांसद हित बहादुर तामाले बताउनु भयो । विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ ।

एघार देखी बर्ष देखी अलपत्र रहेको तिनपिप्ले –रानिपौवा सडकखण्ड अब भने स्तरोन्नती हुने पक्का भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्