१२ श्रावण २०८१, शनिबार
Logo

भ्रमपुर्ण समाचार प्रति ककनी गाउपालीकाको आपत्ती

भ्रमपुर्ण समाचार प्रति ककनी गाउपालीकाले आपत्ती जनाएको छ ।
शनिबार नवकान्तीपुर डटकम नामक अनलाईनले ककनी गाउपालीमा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचारमा कुनै तथ्य नरहेको गाउपालीकाले बिज्ञप्ती जारी गरि स्पष्ट पारेको छ । कोरोना कहरमा परेका नागरिकहरुलाई बितरण गर्न ल्याएको राहात चामल नितीगत रुपमा बितरण गरि बाकी रहेको चामल बिग्रीएकाले ब्यापारी संग साट्न लाग्दा यो आरोप लागेको ककनी गाउपालीकाले जानकारी दिएको छ ।
बोरा च्यातीएको , गुणस्तर कम भएको ,र बिग्रीएको चामल सट्टापट्टा गर्न मंसिर २ गते बिहान करिब ९ बजे ब्यापारीलाई चामल पठाउन लाग्दा नेपाली काँग्रेस गाउँपालिका सभापति अशोक तामाङ (सुवोल) को नेतृत्वमा अन्य नेपाली कांग्रेशका कार्यकताहरुले अमानबीय रुपमा गाली गलौज गरि घटनालाई अन्तै मोडेको ककनी गाउलीकाका अध्यक्ष तामाङले जानकारी दिनु भयो । निर्वाचित समय देखी नै स्वच्छ छवीका साथ काम गर्दै आएको र नागरिकहरुको बिश्वास र मन जित्न सफल भएकाले आफ्नो छवीमा आँच पुर्याउन नेपाली काँग्रेस गाउँपालिका सभापति अशोक तामाङ (सुवोल)ले षड्यष्न्त्र गरेको गाउपालीका अध्यक्ष तामाङले बताउनुभयो ।
गाँउपालिकाले चामल खरिद गरेको ब्यबसायि कृष्णमान डङगोलले पनी आफुले चामल साट्नको लागी गाडी पठाएको बताउनुभएको छ । केहि महिना अगाडी नै खरिद गरेर लगिएको चामल आवश्यक बितरणपछि बाँकी रहेको १ सय २५ बोरा गाँउपालिकाको स्टोरमा बिग्रिएकाले सटहिको लागी लिन गएको बताइएको छ ।


ककनी गाँउपालिकामा नेकपा निकट ब्यक्तित्वले निर्बाचन जितेपछि नेपाली काँग्रेसले सबै काममा अबरोध सृजना गर्ने गरेको छ । नागरिकहरुको मतबाटै पछाडी परेको काँग्रेस बिभिन्न अनाबश्यक बाहना झिक्दै गाँउपालिकालाई बिबादमा तान्दै आएको छ । ककनीको विकासको लागी र नागरिकहरुको हकहित र संरक्षणको लागी अध्यक्ष लामा, उपाध्यक्ष सिता लामा खतिवडाले सदैव अग्रभागमा रहेर कार्य गर्दै आएको ककनीबासी नागरिकहरुको भनाई रहेको छ ।
गाउपालीकामा सञ्चालीत बिभिन्न बिकाश योजना तथा बजेट कार्यान्वयनमा पनी राजनितिक प्रतिशोधका कारण काँग्रेसले अबरोध गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्