१२ श्रावण २०८१, शनिबार
Logo

स्वर्गिय पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्टमा के छ ?

झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ। तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।

‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ। अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ।’

झुन्डिएको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो।

पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ।

पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेको थियो। नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्