१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

सोमवारदेखि ककनी गाउँपालिले कोरोना जोखिम न्युनिकरणको लागी पालीका शिल गर्ने

कोरोना भाइरसको माहामारी बढेपछि सोमवारदेखि ककनी गाउँपालिले जोखिम न्युनिकरणको लागी पालीका शिल गर्ने भएको छ ।
पालीका सोमबार देखी आगामी जेठ १२ गते सम्म शिल हुने छ ।
पालीकाका अध्यक्ष मान बहादुर लामाले लकडाउनको समयमा पनि पालीका आउनेहरु नरोकिएकाले गाउपालीका प्रबेश गर्नेहरुलाई रोक्न कै लागी यस्तो निर्णय गरेको बताउनु भयो । अध्यक्ष लामाले पालीकामा १२ गते सम्म एम्बुलेन्स मात्र संचालन गर्न दिने बताउनु भयो । अध्यक्ष लामाका अनुसार कृषकहरुको लागी आबश्यक पर्ने रासायनीक मलको ब्याबस्था गरि सकेको छ । भने आइतबार आफुहरुलाई आबश्यक पर्ने सामान ब्याबस्था गरेर पालीकाको यो निर्णयलाई सम्मान गर्न समेत पालीका बासीहरुलाई अनुरोध गर्नु भएको छ ।


गाउपालीकाका उपाध्यक्ष सिता खतिवडा लामाका अनुसार सिसडोलमा फोहोर ब्याबस्थापन गर्ने ३१ जनामा आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौ बाट पालीकामा सजिलै आवतजावत गर्न सकिने हुदा उच्च जोखिम रहेकाले पालीका शिल गर्न लागिएको उपाध्यक्ष खतिवडा लामाले बताउनु भयो । उपाध्यक्ष खतिवडाले पालीका शिल गर्दा जनतालाई पर्न जाने असुबिधामा पालीकाले सहजिकरण गर्ने समेत बताउनु भयो ।

पालिका सिल गरिएको समयमा कुनैपनि व्यक्ति वा सवारी साधन पालीक प्रबेश गरेका कानुनी कारबाही गरिने समेत पालीकाले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्