१२ श्रावण २०८१, शनिबार
Logo

प्रमोद र मेलिनाको ‘सुनरीमै’ प्रिज्मा ,प्रिन्सी र नाजिर (भिडियो )

नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार
बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।
चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ बिश्व गौडेलको शब्दरचना ,दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा ,प्रिन्सी खतिवडा र नाजिर हुसेनको अभिनय रहेको छ ।
भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।
पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने नेपाली गीत संगीतलाइ युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्टको भनाइ छ ।
हाल अस्ट्रेलिया लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी’मा आबद्ध निर्देशक जीवन रसाईलीले अस्ट्रेलियामै रहेर नेपली लगायत पन्जाबी, हिन्दी, भियतनामी, इंग्लिश गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्