२५ आश्विन २०८३, आईतवार
Logo

नुवाकोटमा बाढीपीडितलाई पूर्वमन्त्री तामाङद्धारा राहत वितरण


नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७, ठूलो खोला लामासोतीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङ पूर्व सांसद बिमला सुवेदी, पूर्व माननीय कमला दोङ र नेकपा काठमाडौँ महानगरपालिका सहसंयोजक निरज लामा लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो।


बाढीका कारण समस्यामा परेका स्थानीय र विशेष गरी राई बस्तीका नागरिकलाई लक्षित गरी दैनिक उपभोगका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ। वितरण गरिएका सामग्रीहरूमा १०० थान इन्डक्सन चुलो, १०० थान प्रेसर कुकर, १०० थान आल्मुनियम कराई, १०० थान पानी फिल्टर र १०० थान स्टिल र्याक रहेका छन्।
यसैगरी बाढीपीडित परिवारलाई २०० थान स्टिल थाल, २०० थान गिलास, २०० थान कचौरा, २०० थान चम्चा, १०० थान पन्यु र १०० थान डाडु जस्ता भान्छाका सामानहरू समेत हस्तान्तरण गरिएको छ।

प्रभावित नागरिकका लागि जकेट लगायतका कपडाहरू र राई बस्तीमा खानेपानीको समस्या समाधानका लागि ४ बण्डल पाइप समेत वितरण गरिएको छ।
विपद्को समयमा भान्छा व्यवस्थापन र खानेपानीको समस्या झेलिरहेका पीडितहरूलाई राहत पुऱ्याउने उद्देश्यले नेताहरू आफैँ उपस्थित भई सो सामग्री हस्तान्तरण गरेका हुन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्