२३ आश्विन २०८३, शुक्रबार
Logo

आकस्मिक बर्थिङ केन्द्रमा साल अड्किएकी सुत्केरीको उपचार

विदुर नगरपालिका–५ की एक महिलाको घरमै प्रसूति भएपछि पाठेघरमा साल (प्लासेण्टा) अड्किएको अवस्थामा पिपलटारस्थित आपत्कालीन तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रमा सफल उपचार गरिएको छ ।


बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पिपलटारमा स्थापना गरिएको आकस्मिक तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रको आकस्मिक बर्थिङ कक्षमा ती महिलालाई उपचारका लागि ल्याइएको थियो ।
घरमै प्रसूति गराएपछि साल ननिस्किएर समस्या देखिएपछि केन्द्रमा ल्याइएकी महिलाको पाठेघरमा अड्किएको साललाई डा. तुलजा श्रेष्ठ र नर्स सृजना श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोलीले सुरक्षित रूपमा निकालेको हो ।
उपचारपछि हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


त्रिशूली अस्पतालसम्म सहज पहुँच नभएका तथा आकस्मिक अवस्थामा तत्काल अस्पताल पुग्न कठिन हुने नागरिकका लागि पिपलटारमा सञ्चालन गरिएको आकस्मिक बर्थिङ केन्द्रले प्रसूति सेवामा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
प्रसूतिको क्रममा साल अड्किने, अत्यधिक रक्तस्राव हुने लगायतका आकस्मिक समस्या आउन सक्ने भएकाले समयमै दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्राप्त गर्न सकेमा आमा र नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

Shivapuri rural municipality awareness message jalapanews

स्थानीय स्तरमै आकस्मिक प्रसूति सेवा उपलब्ध हुन थालेपछि विशेषगरी विषम परिस्थितिमा अस्पतालसम्म पुग्न कठिन हुने गर्भवती तथा सुत्केरी महिलाका लागि यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्