२३ आश्विन २०८३, शुक्रबार
Logo

किस्पाङका दुई विद्यालयका ३४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नुवाकोट— किस्पाङ गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विभिन्न संस्था तथा सहयोगी व्यक्तिहरूको पहलमा किस्पाङ–५ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय र किस्पाङ–१ स्थित श्री जल्जु माध्यमिक विद्यालयका गरी ३४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
किस्पाङ–५, मनकामना अर्चलेस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा हार्भेट नेपालको समन्वय तथा कृष्ण ग्याचो तामाङ सहितको टोलीको पहलमा २२० जना विद्यार्थीलाई झोला, पानीको बोतल, कपी, पेन्सिल, पेन तथा ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।


त्यस्तै, किस्पाङ–१, भाल्चे स्थित श्री जल्जु माध्यमिक विद्यालयमा नेपाल सर्वाङ्गीण विकास समाजका संस्थापक गुञ्ज ब. तामाङ, निर्देशक सुशील गुरुङ, जीवन सुनुवार तथा प्रदिप तामाङको विशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो । कृष्ण ग्याचो तामाङको समन्वयमा विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई झोला, कपी, पेन्सिल, पेन तथा ज्यामिति बक्स वितरण छ ।
विशेषगरी भदौ १० गतेको भोटेकोशी बाढीका कारण अभिभावक बेपत्ता भएका परिवारका बालबालिकालाई समेत सहयोग सामग्री उपलब्ध गराइएको बताइएको छ ।


विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने तथा शिक्षाप्रति थप उत्साह जगाउने उद्देश्यले गरिएको उक्त सहयोगप्रति विद्यालय तथा स्थानीयस्तरबाट सहयोगी संस्था, दाता र समन्वयकर्ताहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।

शैक्षिक सामग्रीको अभावका कारण विद्यार्थीको अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले गरिएको यस्ता सहयोगले विपन्न तथा विपद् प्रभावित परिवारका बालबालिकालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्