pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले बिल्कुलै फरक प्रस्तुती नयाँ डान्सिङ गीत ‘ढलक ढलक’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। रानी शाक्य र प्रताप दासको युगल स्वर रहेको गीतमा हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेल फिचर्ड छन ।
प्रेम र रोमान्सलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी , माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ ।
गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई यस अघिका गीतहरुलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।