अन्तिम दिनको डायरी
जानुका धमला
गोधुली सन्ध्यामा अजंगको सालको रुख मुनि बसेर म मेरो जीबनको अमुल्य यादहरुलाई नियाली रहेको छु ।
मेरो सपनालाई मैले कहिकतै छोडेर त्यो दृस्य भन्दा पर अनकल्टारा र सन्नाट बस्तिमा हराउन पटक्कै मन छैन ।
सोचे एक पटक अब म कहिल्लै नभेटीने मान्छेहरुको सपना पुरा गर्न सक्दिन होला किनकी म पनि अरु कमान्डर जस्तै नयाँ परिबेसमा बेचिने छु नयाँ मुल्यमा ।
हजारौ मेरा सहयात्रीहरुको बलिदान नहुदो हो त मैले त्यो यात्रालाई बिर्सजन गरिसकेको हुने थिए अफसोच तिनै यात्रीको सम्झनामा यात्रा निरन्तर जारिराखे एक दिन गन्तब्य झेटने आशमा र उनीहरु नै साक्षी भैदिए मेरो समर यात्राको ।
मैले जीबनको अमुल्य र उर्जावान बिताएको समयलाई फर्र्किएर हेरे ४दर्जन भन्दा बढि मोर्चाहरु लडे २ दर्जन आफनै कमान्डमा मैले कासन गरिरहदा पहाडमा कम्पन पैदा हुन्थ्यो । लडाइको लागि आफु मानसिक हिसाबले तयारी बन्नु र आफना सदस्याहरुलाई तयारी गराउनु आदी । जब म मानसिक हिसाबले युद्धको लागि तयारी हुन्थे म भित्र जोसले भरिदा लाग्थ्यो शत्रुको शिविरमा कम्पन भैरहेको आभास हुन्थ्यो । मलाई उर्जा दिन दर्जनौ सहयोद्धा पंतिमा उभिएको देख्दा यो संसार मेरो हो र मेरो अगाडि जितको सिंगो संसार छ । विजय उन्मातले मातिने पनि गर्थे ।
सबै लडाई एक नासको नहुदो रहेछ युद्ध सिक्काको दुई पाट जस्तो कहिले हार त कहिले जीत मैले जीते भन्दा भन्दै पनि कहि क्षतिको दृश्यले मन अमिलो बनाउने गर्छ । सँग संगै काँधमा काँध मिलाउदै लडने सहयोद्धाहरुको भग्नावशेष शरिरको झल्को आउने रहेछ । जीतको उल्लासमा अगाडि बढदै गर्दा मैले टक्क उभिएर पछाडी हेरेको छु र कसैले नदेख्ने गरि आँखा बन्द कयौ पटक गरी रोएको छु अरुले थाहा नपाउने गरी आँखाको आँशुको टिलिबिललाई निल्दै ।
युद्ध भित्रको तीतो यर्थाथ र अर्काे पाटो घाइते ,अपा¨ अनि दुश्मनको क्यापमा धावा बोल्दा बोल्दै बाँकि क्रान्तिको अभिभारा तपाईलाई जिम्मा लगाएरको छु त्यो पुरा गर्नुहोला कमरेड भन्दै बिदा भएका महान आत्माहरुको चित्कार अहिले पनि निको नहुने घाउ बनेर हृदयको कुनामा दुखिरहेको छ । ति दुखाइसंग कयौ पटक मेरा पाइलाहरु भासिएका छन अगाडि बढने हिक्मत रहित बनेर ।
सम्झन्छु म बिगत सँग कहिल्यै हारिन थाकिन । मैले परेड खेलेको सम्झिए मलाई परेड खेलाउने कामान्डर अन्तिम दिन युद्ध मैदानमा गुमाएको सम्झिए । कमाण्डरका कासनमा लडे आफनो कासनमा अरुलाई सँगै लडाए । आफुले परेड खेलेको र खेलाएको सम्झीए भारी भयो मन फेरी अन्तिम दिनको परेड सके भारी मनमा गहभरी आँशु बगाउदै एक झमट रोए प्रिय मनहरुको यादमा ।
मेरा सहयात्रीहरु निराश देखिन्थे चिन्ता भोलिको थियो । अन्तिम गन्तब्य कहाँ थियो कहाँ आएर रोकियो । त्यो साझ मलाई खाना खान मन लागेन एक तमासको मन बोकेर नजिकै रहेको फुटबल मैदानमा गए । भोलिबाट मैले यो चौर म मेरा सहयात्रीहरुको रगत सँग साटेको हतियार र यो जनमुक्ति सेनाको ब्यारेक १७ हजार बीर योद्धाहरुले बगाएको रगत र लाखौं जनताको त्याग र परिश्रमबाट प्राप्त भएको उपलब्धीलाई चटक्कै माया मारेर टाढा जादै छु लाखौं कोष टाढा कहिल्यै नभेटने गरी त्यो प्यारसँग ।
एक पटक मोबाइलमा भएको मेरा आत्मीय मित्रहरुको फोटो हेरे र भने तिमीहरु त मरेउ तर म बाँचेर पलपल मरिरहेको छु तिमीहरुले देख्छौ नि मलाइ मेरा प्यारा साथीहरु म तिमीहरुलाई माया गर्छु बेजोडले चिच्याए । रातमा बहने चिसो हावाले दुवै गालामा बेस्किना थपड हान्दै भाग्यो ।
सपनामा पछ्याउन आउने त्यो सुन्दर आकृतिहरुले पछ्याई नै रहे । गन्तव्यमा लम्कदै गर्दा अघिल्लो रातहरुमा देखेको सपनाको अन्तिम श्रृखला फेरी सम्झीए सिस्ने ,जलजला महाभारत शैलुङ्ग गणेश हिमाल र शैलुंङ्गका सयवटा थुम्काहरु । अग्लो पर्बत सालको घना जंगल घुर्माइलो फागुनको महिना चितवनको गर्मि घाम डाडापारी डुब्न लागेको जस्तै र म पनि ।
यहि सुनसान चौरमा उभिरहेको थिए यहि बेला घामको पहेलो लाफ्कासँग फेरी जोडीए मनका भावनाहरु खिस्स हास्ने प्रयास गरे सालको रुखको फेदमा फुलेको सुनाखरिको पहेलो लाफ्काको घामले झन् चमकदार बनाइदियो र एक जोडी पुतलीहरु तेही बसे पुतलीको जोडी नजिकै जाने इच्छा राखे र तिनीहरु जस्तै नाच्दै बस्न मन त नभएको कहाँ होर मलाई पनि । सम्झीए मैले पनि देखेको सपना पुरा भएको भए म पनि तिमीहरु भन्दा निकै रमाएर र इन्कलाब जिन्दाबादको नारा लगाउने थिए ।
मैले पुतलीको जोडिसँग आँखा जुधाए तिनीहरुले पनि मलाइ देखेर मुसुक्क हासेको आभास भयो र एक्कासी ठुलो आवाज सुने गोलि ८१को सेल पड्किए जस्तो भान भयो युद्धको मोर्चा सम्झीए मन फेरी भारी भयो बिगत सम्झीए र पछाडी फर्किए । तर स्वासप्ना मात्रै थियो त्यो मेरो विगतको ।
पछिल्तिर कुनै अमुख आँकृति मलाई पछ्याए जसरी उभिरहेको थियो ठम्याउन पटकै सकिन फेरी न्यानो र नजिक पनको आभास कोहि कतै देखे जस्तो लाग्ने निष्पट्ट अध्यारो आँकृति छाँया उभिरहेको थियो । एकाएक शरिर भारी भयो फेरी एक पटक तेही पुतलीको जोडीलाई हेर्न मन लाग्यो तिनीहरुको पखेटाले निलो आकाशमा फैलिएको इन्द्रणी जडित पखेटा हावामा छरपट्ट देखिन्थे त्यो जोडीको उडेको पखेटाको रंगले सप्तरंगी इन्द्रणी निर्माण गर्यो र त्यो रंगमा मधुर आकृतिको संकेत गर्यो अन्धकारमा जुनकिरीमा बलेको बत्तिको आशा राख्नु पनि हौसला भए जस्तो ।
तेतिकैमा स्टापÞm नजिकै आएर भन्यो माफ गर्नुस कमान्डर हजुर यतिखेर सम्म पनि आउनु भएन अनि खेज्दै आए ।
म झस्किए उ तिर हेरे
उसले सोध्य किन कमाण्डर आज निकै उदास देखिनु भएको ?
मेरो लागि उसलाई प्रतिकृया जनाउने शब्द थिएन मैले भने छोडिदेउ मलाइ एक्लै ।
हजुर कसैलाई पर्खिरहनु भएको छ हो ? उसको आवाजले मन झन् चिसो भयो
मेरो अनुहारको हाउभाउबाट प्रष्ट हुन्थ्यो होला सायद म कसैलाई पर्खिरहेको छु वा उसको सपनासँग बाचिरहेको छु । म उठे अरु समय बेस्त हुने टेबल टेनिस,ब्याट्मेण्टन,भलिबल चौर,फुटबल चौर सडकको परिपरी देखीने भिडभाड दोकानाहरुमा कहिँ कतै पनि मान्छे देखिन मैले म । सरासर आफ्नो कोठामा गए मानसपटलमा उही सपनाहरुले हिर्काइरह्यौ मौन र चुपचाप सहिरहे ।
यो समय मलाई अरु कुनै कुराले पनि तान्न सकेन मस्तिष्कको ध्यान म सरासर हाइपोस्टमा गए एक झमेट चतुरमान वाइबा क.अनिसलाई गुमाएर प्राप्त भएको एम १६ राइफल लाई प्यारले चुमे । अन्तिम पटक जनमुक्ति सेनाका सिपाहीहरु पोष्टै पिछे डिउटि बसिरहेका थिए, यहाँ पनि मन स्थिर हुनै मानेन ।
एउट हातमा कालो कफी बोकेर त्यो भन्दा माथिको हाइपोष्टमा पुगे जहाँबाट नारायणी,राप्ती, र चुरेबाट बगेका खोलाहरु सुन्दर सुस्केरा हाल्दै निदाएको जस्तो आबास भयो । उत्तर पट्टिको चितवन गडी,पश्चिमको नारायणी नदि र दक्षिणामा देखिने चुरे श्रृखला प्राँकृतिको सुन्दरताको रुपलाई आफ्नो कोखिलामा लुकाउदै मुस्कान छरेको जस्तो देखिने महाभातारका श्रृखला पनि झोक्राएको जस्तो लाग्यो सायद प्राकृतिले पनि बुझेछ मेरो मनको भावना ।
उच्च हाइपोष्ट बाट देखिने नाराणघाट बजार झिलिमिली बत्तिको मोहमा लुकेको थियो टाँडी र पर्सा बजार आफ्नै रमाइलोमा हराएका थिए । यहि महाभारत श्रृखाला हुदै समरको यात्रा तय गरेको पनि १४ वर्ष पुगेछ त्यो बेला नेपालमा जनयुद्ध पो शुरु भएको थियो । बिद्रोहीलाई निमिट्यान पार्न सरकारले संकटकाल घोषणा गरेर टाउकाको मुल्य तोकेको, मेरो टाउको र हतियार सहितको मुल्य १५ लाखा पो थियो ।
पृथ्वीमा उषा किरण छाउदै थियो । सर्वहाराको जिन्दगी न हो कहिले यही झोला घर थियो कहिले यही झोलामा कफन र कात्रो पनि हुन्थ्यो तर यो पटक त्यो सबै छैन मात्र छ त तिनिहरुको सुमधुर सम्झना एउटा महिलो झोला र अनमिनले अहिलेसम्म बिद्रोही सेना भएर बसे बापतको ३ लाखाको चेक ।
प्रतिक्रिया दिनुहोस्