एसइइ परीक्षामा नुवाकोटबाट ४ जिपिए हासिल गर्ने विद्यार्थीहरू सम्मानित

जिल्ला समन्वय समिती नुवाकोट प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरीले सामुदायिक तथा संस्थागत बिद्यालयमा गुणस्तरीय शिक्षा हासिल हुँदै गएको बताउनुभएको छ ।
प्याब्सन नुवाकोट द्वारा बिहीवार बिदुरमा आयोजना गरेको नुवाकोट बाट ४ जिपिए हासिल गर्ने विद्यार्थी सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख ठकुरीले बताउनु भएको हो ।
राजा महाराजाको शासन कालमा पढ्न चाहने विद्यार्थीहरुले पढ्न पाउँदैन थिए तर अहिले घर-घरमा पुगेर विद्यार्थी लाई बिद्यालयमा ल्याएर पढाउने काम भएको उहाँले बताउनु भयो ।

बिदुर नगरपालिका उप प्रमुख प्रभा बोगटिले उच्च शिक्षा हासिल गर्न केही समय अगाडी सम्म नुवाकोट बाट काठमाडौ जानुपर्ने बाध्यता थियो तर अहिले यहाँका शिक्षण संस्थाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसंगै त्यो बाध्यता हटाउन सफल भएको बताउनुभयो । बिदुर नगर भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा एसईईको हालको नतिजामा ७४ प्रतिशत भन्दा धेरै विद्यार्थी सफल भएक बताउँदै आगामी दिनमा सतप्रतिशत सफल बनाउन नगरपालिका लागिपरेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रम लाई सम्बोधन गर्दै बिदुर नगपालिका सामाजिक शाखा समिति संयोजक लेनिन रन्जित, वडा नम्बर २ अध्यक्ष दिपक कायस्थ, ४ नम्बर वडा अध्यक्ष निलम बाबू ढुंगेल, प्याब्सन पुर्व केन्द्रिय सदस्य ठाकुर पुडासैनी, बागमति प्रदेश संस्थापक अध्यक्ष रामहरी रिमाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नुवाकोटको सामुदायिक तथा संस्थागत बिद्यालयमा कसरि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ त्यता जोड दिनुपर्ने बताउनु भयो ।

एसईई परिक्षामा नुवाकोट बाट सामुदायिक र संस्थागत गरि ४ जना विद्यार्थीले उच्चतम ४ जिपिए ल्याएका थिए । जसमा ज्ञानज्योती माध्यमिक बिद्यालयका वसन्त भट्ट, पृथ्वी माध्यमिक बिद्यालयका योगेश्वर आचार्य, अर्किड एकेडेमीका रोहित श्रेष्ठ र युनिभर्सल बोर्डिङका दिप्सन सुवेदी रहेका छन् । त्यसैगरी ज्ञानज्योति माध्यमिक बिद्यालयका छात्र पुजा न्यौपाने नुवाकोटको छात्रा तर्फ ३.९६ जिपिए ल्याएर जिल्ला प्रथम भएकी छन् ।

त्यसैगरी नुवाकोट प्याब्सनको आयोजनामा जिल्ला स्तरीय कविता लेखन तथा बाचन प्रतियोगिता सम्पन्न भएको छ । सुभेनियर बोर्डिङ स्कुलकी छात्रा सुलक्षणा कँडेलले प्रथम स्थान हासिल गरेकी छिन् । नुवाकोट ग्लोरी इङलिस बोर्डिङ स्कुलकि छात्र सदिक्षा भट्टराई दोश्रो, ओम माने पब्लिक स्कुलकि स्मारिका बराइली तेश्रो, अर्किड एकेडमीका सुमिना रिमाल र स्पार्कल इन्टर्नेशनल स्कुलका छात्र आराध्य अधिकारिले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा १२ वटा बिद्यालयका २१ जना प्रतियोगी सहभागी भएका थिए ।













प्रतिक्रिया दिनुहोस्