गणतन्त्र दिवस नुवाकोटमा भव्य रूपले मनाइयो

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरिले हजारौं सहिद, बेपत्ता र घाइतेहरुको संघर्षबाट प्राप्त भएको संघीय गणतन्त्र सबैको साझा भएको बताउनु भएको छ ।

गणतन्त्र दिवस मुल समारोह समिती नुवाकोटद्वारा आयोजना गरिएको गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख ठकुरिले सो कुरा बताउनु भएको हो ।

गणतन्त्र दिवसको अवसरमा रक्तदान , स्वास्थ्य परिक्षणका साथै नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार देखि बिदुरको लोकतान्त्रिक चौतारा सम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्