३ श्रावण २०८२, शुक्रबार
Logo

बेलकोटगढीमा कल्याणी मावि उत्कृष्ट

कल्याणी देबि माध्यमिक बिद्यालय बेलकोटगढी नगरपालिकामा उत्कृष्ट बिद्यालयको रुपमा घोषित भएको छ ।

बेलकोटगढी नगरपालिकामा रहेका १९ वटा माध्यमिक बिद्यालय मध्य यस बर्षको एसईई परिक्षामा ९४ प्रतिशत भन्दा धेरै बिद्यार्थी उतिर्ण गराएर उत्कृष्ट भएको हो ।

त्यसैगरी पञ्चकन्या माध्यमिक बिद्यालयले ९३ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ भने आरुखर्क माध्यमिक बिद्यालयको ९२ प्रतिशत विद्यार्थी सफल भएका छन् । महामाया माध्यमिक बिद्यालयको ९१ प्रतिशत सफल भएका छन् । त्यसैगरी पञ्चासे माध्यमिक बिद्यालयलको ८१ प्रतिशत विद्यार्थी सफल भएको नगरपालिकाले जनाएको छ ।

राज्यले नमुना बिद्यालयको रुपमा करोडौं लगानी गरेको महादेव माध्यमिक बिद्यालय रातमाटेको जम्मा ७८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने सुर्यज्योती माविका विद्यार्थी ७३ प्रतिशत र लक्ष्मेश्वरी माविका ६६ प्रतिशत सफल भएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

बिगतमा उत्कृष्ट भएका बिद्यालयहरु शक्ति माध्यमिक बिद्यालयको ५० प्रतिशत र बिरेन्द्र माध्यमिक बिद्यालयका विद्यार्थीहरु जम्मा ३३ प्रतिशत सफल भएका छन् । चण्डा माध्यमिक बिद्यालयको कुनैपनी परिक्षार्थी सफल हुन नसकेको नगरपालिकाले जनाएको छ ।

अन्य बिद्यालयहरुमा बेलकोट भञ्ज्याङ मावि २५ प्रतिशत, कामरु देबि मावि ६३ प्रतिशत, महादेव मावि कोल्पुटार ६० प्रतिशत, मालिका मावि ४७ प्रतिशत, गौलिंगेश्वर मावि ५२ प्रतिशत, शिलादेवी मावि ९ प्रतिशत, भृकुटी माविका १६ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

बेलकोटगढीमा उत्कृष्ट रहेको कल्याणी माध्यमिक बिद्यालय नुवाकोट जिल्लाको समग्रमा उत्कृष्ट ५ भित्र रहन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्