४ भाद्र २०८२, बुधबार
Logo

अनुगमनका नाममा बिद्यालयको पैसा पालिका हाकिमलाई

तारकेश्वर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गिमन थापा मगर र बर्तमान प्रशासकीय अधिकृत सिर्जना अर्यालले बिद्यालय बाट अनुगमनका नाममा पैसा बुझेको पाइएको छ ।

तारकेश्वर ५ स्थित शंखादेबी माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजाराम अधिकारिले पुर्व प्रशासकीय अधिकृत गिमन थापामगरलाई ५ हजार र गाउँपालिका प्रशासकीय अधिकृत एवं शिक्षा अधिकृत सिर्जना अर्यालको नाममा ११ हजार रुपैया अनुगमन नामको भत्ता बुझेको भरपाइ बाहिरिए संगै थापा मगर र अर्याल बाट उक्त रकम बिद्यालयको खातामा फिर्ता गराउनुपर्ने भन्दै सरोकारवालाहरुले आवाज उठ्न थालेका छन् ।

त्यसैगरी वडा अध्यक्षको नाम नलेखी वडा अध्यक्षको नाममा ३ हजार रुपैयाँ बुझाइएको भरपाइ बाहिरिएको छ । त्यस्तै अर्को भरपाइ हर्कम तामाङको नाममा ८ सय ५० रुपैयाँ किर्ते गरेर अपचलन गरेको देखिन्छ, यस बिषयमा हर्कम तामाङ संग बुझ्दा आफुले उक्त हस्ताक्षर नगरेको र रकम नबुझेको तामाङ बताउँछन् ।

यसरी अनधिकृत रुपमा बिद्यालयको नाममा रहेको ठूलो रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै अभिबावकहरुले प्रधानाध्यापक राजाराम अधिकारिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

अभिबावकको मागलाई सम्बोधन गर्नुको साटो गाउँपालिका अध्यक्ष शिव अधिकारी गुहार्ने गरेको प्रधानाध्यापक अधिकारिलाइ आरोप लाग्दै आएको छ । उसोत बिद्यालयका तत्कालीन लेखापाल अनिता तामाङको किर्ते हस्ताक्षर गरेर ठूलो रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रधानाध्यापक अधिकारी माथी छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्