१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा रहेको सेभ हाउस आर्थिक अभावमा बन्द हुने अबस्थामा , स्थानिय सरकारको ध्यान गएन ,

नुवाकोटकोमा संचालनमा रहेको सेभ हाउस स्थानिय सरकारको ध्यान नजादा समस्यामा परेको छ । २०७४ साल देखी नुवाकोटमा संचालनमा आएको सेभ हाउस आर्थिक अभावका कारणले बन्द गर्नु पर्ने अबस्था आउनै लागेको बातावरण तथा प्रजनन स्वाथ्य केन्द्र नुवाकोटले बताएको छ ।
बिदुरमा संचालनमा रहेको सेभ हाउसलाई २०७४ जेठ देखी तत्कालिन महिला बिकाशले आर्थिक सहयागे गर्ने गरेको थियो । महिला बिकाशले २०७४ फागुन सम्म सहयोग गर्यो । त्यस पछि संघियताको सुरुवात सगै महिला बिकाश खारेज भयो र महिला तथा बालबालिको नाममा सम्बन्धीत स्थानिय नगरपालीका तथा गाउपालीकामा स्थापना भयो । त्यस पनि नुवाकोट सेभ हाउसमा आर्थिक संकट निम्तेको संस्थाले बताएको छ ।
सेभ हाउस मर्मत संभार गरेहको, खाद्यन्न खरिद गरेको र कर्मचारीलाई तलब दिएको रकम गरी करिब ५ लाख ऋण तिर्न बाकी रहेको सस्थाले जानकारी दिएको छ । राष्ट्रीय महिला बिभागले जिल्लाका सबै स्थानिय निकायहरुले सेभ हाउस संचालनमा आर्थिक सहायता गर्ने निर्णय गरर्यो तर त्यो निर्णय कार्यन्वयन गराउन सबै स्थानिय पालीकाहरु तत्पर नहुदा आर्थिक अबस्था कमजोर बन्दै भएको छ । राष्ट्रपतीसंग महिला कार्यक्रम अन्तर्गत स्थापना भएको उक्त सेभ हाउसमा कर्मचारी ब्याबस्थापन र खाद्यन्नलाई धान्न सक्ने स्थिती समेत नरहेको बातावरण तथा प्रजनन स्वाथ्य केन्द्र नुवाकोटका अध्यक्ष बिन्दा ढुंगाना बताउनु हुन्छ । अध्यक्ष बिन्दा ढुंगानाको अनुसार पहिला एक जना ब्यक्ती २४ घण्टा वा एक दिन सेभ हाउसमा खाने बस्ने गरेको ५ सय रुपैया राज्यले दिने गरेको थियो । तर अहिले त्यो अबस्था छैन । अहिले बिदुर नगरपालीकाले मात्र आर्थिक सहयोग गरेको छ । बिदुर नगरपालीका र त्रिशुली अस्पताल नुवाकोटको सहयोगले मात्र संचालन धान्न नसकिने भएकाले अन्य पालीकाहरुले समेत आर्थिक सहयोग गर्नु पर्नेमा तेसो हुन नसकेको अध्यक्ष ढुंगाना बताउनु हुन्छ । सेभ हाउसमा घरेलु हिंसामा परेको , संरक्षक नभएका तथा अलपत्र महिला बालबालिकालाई आश्रय दिने र समस्या समाधान पछि घरपरिवार तथा समुदायमा पुनःस्थापना गराउने काम भैरहेको छ ।
सेभ हाउसमा आश्रय लिन आउनेहरुमा केही मनोसामाजिक समस्या भएका नागरिहरु नि आउने गर्छन । आर्थीक अभावको कारणले कर्मचा।री ब्याबस्थापन गर्न नसकिएको अबस्थामा त झनै मनोरोगीहरुले सामानहरु फ्याक्ने बिगार्ने पुटाउने गरेको सामानहरुको ममर्त सम्भार मै कतै बाट आएको रकम खर्च हुने गरेको छ ।
यसरी बिभिन्न समस्यामा सेभ हाउस आइपुगेका नागरिहरुकालाई पुर्नस्थापना गर्ने गरेको छ । समुदाय तथा घरपरिवारमा फर्कन नसक्ने र नचाहने ब्यक्तीहरुलाई अन्त स्थापना गर्न संस्थाले पहल गर्ने गरेको छ । जेष्ठनागरीकलाई जेष्ठ नागरिक केन्द्र , बालबालिकाहरुलाई प्रहरीको रोहबरमा बिभिन्न संघसस्थामा खाने बस्ने र पढ्न पाउने अधिकार सहित पठाउने गरेको हिंसामा परेका महिलाहरु जो घरपरिवारमा पर्कन सक्दैनन् उनीहरुको कानुनी प्रकृया द्धारा अंश बंडा गराउने काम गरिरहेको छ ।

जिल्ला प्रहरी कायलय नुवाकोट र त्रिशुली अस्पताल नुवाकोटले सेभ हाउसमा राख्न पठाएको ति आपत बिपदमा परेका नागरिहरुलाई सेभहाउसमा उपयुक्त बातरबण सृजना गरी काउन्सेलिङ गर्ने गर्छ । कपडा , जुत्ता चप्पल औषधी र घर फर्कदा गाडी भाडा सम्म दिएर सेभ हाउसले आफ्नो दायित्व पुरा गर्ने गरेको छ । यसरी मानवीय काममा जिल्लामा लागी परेको सस्थालाई आर्थिक अभावबाट मुक्त गराउनु नुवाकोटका १२ वटै स्थानिय सरकारको जिम्मेवारी र दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्