२५ भाद्र २०८१, मंगलवार
Logo

तारकेश्वर अध्यक्ष अधिकारीलाई जननिर्वाचित प्रतिनिधि माथी दुर्ब्यावहार गरेको आरोप

दिनहु जसो नया कान्ड र बिवाद चर्कने तारकेश्वरमा पुन अर्को बिवाद चुलिएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एउटै विधि र प्रक्रियाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गाउँसभाका बिषयमा बोल्न रोक लगाएको र मनलाग्दी निर्णयमा सहमति नजनाउदा पुन बिवाद चर्कीएको हो । बैठकमा फरक मत राखेकै कारण उपाध्यक्ष हरी रिमाल ,वडा नं २ ४ र ६ आ वडा अध्यक्षलाई बैठक कक्षबाट बाहिरिन भने सङ्गै बिवाद थप चुलिएको हो ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी द्वारा बेथिती अपारदर्शीता तथा अनियमितता बढ्दै गएको भन्दै उपाध्यक्ष हरि रिमाल सहित वडा नम्बर २ का अध्यक्ष शिव प्रसाद पनेरु, वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर पौडेल र ६ का अध्यक्ष नारायण प्रसाद रिमालले गाउँपालिका अध्यक्ष शिव अधिकारि द्वारा चरम बेथिती, अपारदर्शीता तथा अनियमितता गरेको भन्दै त्यसको विरुद्ध लाग्न तारकेश्वरबासिलाई सामुहिक बिज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

गाउँसभामा प्रस्तुत गर्ने बजेटको सवालमा छलफल गर्न बसेको बैठकमा अध्यक्ष शिव अधिकारी बिषयगत बजेट मात्रै ल्याएर पन्छिन खोजेकाले कार्यक्रमिक बजेट ल्याउन छलफल गर्न खोज्दा पालिका अध्यक्ष अधिकारी द्वारा अमानवीय व्यबहार प्रदर्सन गरिएको बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

पालिका उपाध्यक्ष हरि रिमाल सहित अधिकांस कार्यपालिका सदस्यहरु पालिका अध्यक्ष शिव अधिकारीको स्वेच्छाचारी हर्कत विरुद्ध संघर्ष गर्दै आएको कार्यपालिका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्