१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा मोतीराम न्यौपाने

नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा मोतीराम न्यौपाने चयन हुनुभएको छ ।

शुक्रबार बिदुरमा आयोजित तेश्रो सम्मेलन बाट शिक्षाविद समेत रहनुभएका न्यौपाने नुवाकोटको अध्यक्षमा चयन हुनुभएको हो ।

संगठनको उपाध्यक्षमा मेघ बहादुर तामाङ, रामेश्वर खनाल र शिव भन्डारी, सचिब राम प्रस्ताव लामिछाने, सहसचिव ध्रुव प्रसाद पुडासैनी, चिरिग्याल लामा तामाङ र कोषाध्यक्षमा शिबराम भन्डारी सहित ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

जिल्ला सम्मेलन लाई संगठनका केन्द्रिय अध्यक्ष कृष्ण केसी, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज हिरानाथ खतिवडा, माओवादी केन्द्र जिल्ला संयोजक पुष्प लामिछाने, नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेश उपाध्यक्ष वसुराम रिजाल, सचिब भरत गौतम, रचना पण्डित, बद्री प्याकुरेल, रामहरि श्रेष्ठ, नारायण बहादुर पाण्डे प्रदीप अधिकारी, कृष्ण भन्डारी लगायतले मन्तव्य राखेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्