१२ श्रावण २०८१, शनिबार
Logo

कृपाधुन साबुन उद्योग संचालनमा

नुवाकोटमा साबुन उद्योग संचालनमा आएको छ ।
शनिबार राष्ट्रिय सहकारी महासंघका केन्द्रय उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय समस्य डि.बी बस्नेतले एक कार्यक्रमका बिच कृपाशिल सहकारीद्धारा संचालनमा आएको कृपाधुन साबुन उद्योग उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सहकारीद्धारा उद्योग संचालन गर्न निती नियमले निकै अफ्ट्यारो पारेकोे बताउदै तत्काल ऐन संसोधन गर्न नेपाल सरकार समक्ष माग पेश गरिसकेको बताउनु भयो ।
बस्नेतले नुवाकोटमै पहिलो पटक सहकारीको तर्फबाट उद्योग सुरु गरेकोमा प्रशंसा गर्नु भयो । उहाँले स्थानिय सरकारले स्थानिय उद्योग स्थापना तथा संचालनमा बिशेष सहयोग र नियमित अनुगमन गर्नु पर्ने बताउनु भयो ।

पैसठ्ठी लाख रकम बराबरको लगानीमा संचालनमा आएको उद्योगमा १ सय आठ जना शेयर सदस्यहरु रहेको छन् भने ८ जनाले दैनिक प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भैरबी साबुनको बजार नुवाकोट र रसुवा रहेको उद्योगका ब्याबस्थापक नारायण नेपालले बताउनु भयो ।
उहाँले कृपाधुन कम्पनीबाट उत्पादन भएको भैरबी साबुन अधिकांश नागरिकहरुले अत्याधिक रुचाएको बताउन भयो । गत फागुन देखी परिक्षण उत्पादन सुरु गरेको उद्योगले छोटो समय मै करिब ५ लाख रुपैँयाको साबुन बिक्री गरेको छ । ब्याबस्थापक नेपालका अनुसार हाल साबुनको बजार सन्तोषजनक छ ।

प्रतिक्रिया दिनुहोस्