१२ श्रावण २०८१, शनिबार
Logo

राधिका तामाङको पहलमा तादीमा बन्यो तामाङ समाजको “पक्की भवन”


भाषा, धर्म, कला-संस्कृति, परम्परा, रितिरिवाज र भेषभुषा र पहिचान संरक्षण गर्ने उदेश्यले सामाजिक कार्यहरु गर्न तादी गाँउपालिको वडा नम्बर-२ बाडी, गैरिगाउमा स्थापना भएको माहा मंगलादेवी तामाङ संस्कृति संरक्षण समाजको आफ्नै पक्की “सामाजिक भवन” निर्माण गरिएको छ।

समाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्दै कला, संस्कृति, परम्परालाई जगेर्ना, प्रवद्र्धन, व्यवस्थित गर्दै समुदायलाई एकताबद्ध गर्ने उदेश्यले निर्माण गरिएको भवन प्रदेश सरकारको बजेटमा निर्माण भएसङ्गै भवनको प्रतिनिधित्व तामाङ समाजले गरेतापनी, सबै जातजाती र भाषा धर्म मान्ने समुदायले संस्थाको मापदण्ड र नियम पूरा गरि भवन प्रयोग गर्न सकिने माहा मंगलादेवी तामाङ सस्कृति संरक्षण समाजका अध्यक्ष दिपक तामाङले जानकारी दिनुभएको छ।

यसमा तामाङ समुदाय भित्र हुने ज्याबा ब्रेल्साङ, छेवार, घेवा, मोलम, छोफुल्सी (पितृ श्राद्द) एकै ठाउँमा गर्न सकिनेछ। र क्षेत्री ब्राह्मण समुदायकाले पनि शुभ-विबाह, ब्रतवन्ध, भोज भत्तेर, पार्टी, सेमिनार, गोष्टि, भेला, मिटिङ्ग, कार्यक्रमको लागि भवन प्रयोग गर्न सकिने बताउनुभयो। अहिले निर्माण भएको संरचना अनुसार लगभग ६ कोठा बराबरको ३ सय जना क्षमताको बैठक हल, संस्थाको कार्यालय १, भण्डाररण कक्ष १ र १ प्यासेज सहित ९ कोठा बराबर रहेको छ। बाहिर छुट्टै २ शौचालय सहित निर्माण भएको छ।

सम्झौता अनुसार गत आर्थिक बर्षको असार मसान्तमा निर्माण सम्पन्न भएको हो। निर्माण सम्पन्न भएपनि बजेटको अभावमा कम्पाउण्ड, फिनिसिङ, झ्यालढोका, बत्ति जडान, खानेपानी र अन्य कार्यहरु बाँकी रहेकाले स्थानिय, प्रदेश र संघिय सरकारसंग बजेटको लागी पहल भैरहेको अध्यक्ष तामाङले बताउनुभएको छ।

Shivapuri rural municipality awareness message jalapanews

भवन निर्माणको लागी बागमती प्रदेश सभा सदस्य एवं पुर्व उपसभामुख राधिका तामाङको पहलमा बागमती प्रदेश सरकारको आर्थिक बर्ष ०७९/८० को बार्षिक कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत शहरी तथा भवन बिभाग मार्फत माहा मंगलादेवी तामाङ संस्कृति संरक्षण समाज भवन निर्माण शिर्षकमा ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियोे।

अध्यक्ष तामाङको अनुसार निर्माणको लागी संस्थाको ५७ घरधुरी सदस्यहरु बाट संस्थाको नाममा १-१५-१-२ क्षेत्रफलको जग्गा खरिद गरिएको थियो। बनेको संरचना भन्दा बाहिरको खाली भागमा संस्था आफैंले विभिन्न फलफूलको बिरुवा आँप, लिच्ची, अम्बा, कागती, कटहर, एबोकार्डो लगायतका ५०० बिरुवाहरु रोपिएको छ। जसले पछि गएर संस्थाको आन्तरिक आम्दानीको श्रोत हुने बताइएको छ।

नव निर्मित भवन सम्पन्न भए पश्चात् यहाँका स्थानीयवासी प्रयोग गर्न निकै उत्साहित रहेको र यश भवनबाट तादी २ का लगभग ३ सयभन्दा बढि घरधुरीका नागरिकहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने तामाङले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्