२८ कार्तिक २०८१, बुधबार
Logo

अध्यक्ष शिव अधिकारीले पालिका शिक्षा शाखामा ताला ठोके, तारकेश्वर कांग्रेस मौन

आफुले भने अनुसार परिक्षा फल प्रकाशन नहुदा तारकेश्वर गाउँ पालिकाको शिक्षा शाखामा अध्यक्ष शिव अधिकारीले ताला ठोकेका छन् ।


अध्यक्षको आदेश अटेरी गरेका कारण उनले गत आइतबार देखी मंगलबार ३ बजे सम्म शिक्षा शाखामा ताला लगाएको पालिका श्रोतले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिए ।


तारकेश्वर गाउँपालिका वडा नम्बर २ पिमल्टार स्थित पिमल्टार माध्यमिक बिद्यालयले बिज्ञान बिषयको माबी राहत दरबन्दीको परीक्षा गत शनिबार गाउँपालिकाको कार्यालय दाङसिङमा सम्पन्न गरेर सोही दिन नतिजा प्रकाशन गरेको थियो । सो नतिजा प्रकाशन भए पश्चात अध्यक्षले असन्तुष्टि प्रकट गर्दै ताला बन्दी गरेका हुन् ।


शनिबार सम्पन्न भएको परिक्षामा नुवाकोट लिखुका निरज श्रेष्ठ र बारा माहागढिमाइ नगरपालिकाका श्यामसुन्दर शाह सहभागी भएकोमा नुवाकोट लिखुका निरज श्रेष्ठले नाम निकाल्न सफल भएको बिज्ञका रुपमा परिक्षा लिएका उपेन्द्र महतोले बताए ।
शनिबार परीक्षा सम्पन्न गरेर रिजल्ट समेत त्यही दिन प्रकाशित गरेर पालिका शिक्षा शाखाद्वारा गठन गरिएको परिक्षा समितिलाइ बुझाएको परिक्षा बिज्ञ महतोले बताए ।

Shivapuri rural municipality awareness message jalapanews


परिक्षा सकिएको १० दिन बित्न लागी सक्दा समेत पास भएको शिक्षक निरज श्रेष्ठले नियुक्ती पाउन सकेका छैनन् भने एस ईई पुरक परिक्षाको तयारीमा लागेका बिद्यार्थीहरु बिज्ञान बिषय पढ्नबाट बन्चित भएका छन् । गाउँपालिका र शिक्षा शाखाको गैरकानुनी हर्कतले एस इ इ पुरक परिक्षा तयारीमा रहेका बिद्यार्थीहरु अन्योलमा परेको र परिक्षा तयारीमा गंभिर समस्या परेको वडा नम्बर २ का अध्यक्ष शिव प्रसाद पनेरु बताउँछन्, ।

अध्यक्ष र शिक्षा शाखा जिम्मेवार भएर नलाग्ने हो भने आफुहरु पालिका विरुद्ध संघर्ष गर्न बाध्य हुने वडा अध्यक्ष पनेरु बताए ।
परिक्षामा बिज्ञको रुपमा सहभागी भएका उपेन्द्र महतोले बिद्यालय ब्यबस्थापन समिती, बिधालयका प्रधानाध्यापकको उपस्थितमा परिक्षा संचालन गरिएको र परिक्षाको प्रक्रिया सकाएर परिक्षा फल गाउँपालिकाको सुचनापाटिमा टाँसिएको बताए ।


बिज्ञ महतोले तारकेश्वर गाउँपालिकाको शिक्षा शाखाले गरेको गैह्र जिम्मेवारका देखेर अबका दिनमा पालिकाद्वारा संचालन गरिने कुनैपनी परिक्षामा आफू उपस्थिति नहुने र अरु बिज्ञलाई समेत नजान सल्लाह दिने बताउँछन् ।


एता परिक्षामा असफल भएका बारा जिल्लाका श्याम सुन्दर शाह असार २२ गते देखी नै अध्यक्ष अधिकारीको क्वाटर मै धर्ना दिएर बसेका छन् । शाहले आफूले परिक्षाको उत्तर पुस्तिका पुन परिक्षणको लागी तारकेश्वर गाउँपालिकामा निबेदन दिएको बताए ।
उता नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको गैरकानुनी क्रियाकलापलाई तारकेश्वर कांग्रेसले आँखा चिम्लेर अनुमोदन गरेको आरोप लागिरहँदा जिल्लाका कांग्रेस नेताहरु भने तारकेश्वर अध्यक्षको क्रियाकलाप नियन्त्रण गर्न ढिला भैसकेको बताउन थालेका छन्, “अध्यक्षले अहिले गरिरहेको क्रियाकलाप नसुधार्ने हो भने सार्वजनिक बहिष्कार देखि पार्टी कार्यालय प्रवेशमा रोक लगाउन आफुहरु बाध्य हुने कांग्रेस नेता बिनोद पाठक बताउछन् ।


पटक पटक आर्थिक अनियमितताको आरोप लाग्ने गरेको यस पालिकालाई केहि समय अघि मात्रै तारकेश्वर मन्दिरले चर्चेको सार्वजनिक जग्गा ब्याक्तिको नाममा ल्याइदिने भनेर अध्यक्षको सचिवालयले ३ लाख बुझेको सार्वजनिक भैसकेको छ । साथै यस शिक्षक नियुक्तीको बिषयमा पनि आर्थिक चलखेलको लागी ताला बन्दि भएको सरोकार वालाहरुको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्