१२ श्रावण २०८१, शनिबार
Logo

लोकप्रिय गायक सजल न्यौपानेको स्वरमा ‘पाए मैले ‘ सार्वजनिक (भिडियो)

गीतकार एल आर राणाको हृदयस्पर्शी नयाँ गीत ‘पाए मैले तिमीलाई’ सार्वजनिक भएको छ । शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा रिदम कडेलको संगीत रहेको गीतको भिडियोलाई गायक सजल न्यौपानेको अफिसियल च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी ,जीवन भट्टराई र बिकाश लामिछानेको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पनि नयाँ र पृथकपात्र मार्फत गहिरो सन्देश दिन खोजेको बताए। ‘पाए मैले तिमीलाई’ मा हरि हुमागाईको क्यामेरा ,बिकाश दाहालको सम्पादन रहेको छ ।
गीतकार एल आर राणाले ‘पाए मैले’ गीत आफुले पाएको आफ्नो आमाको मायाप्रेम साथलाइ सम्झिएर नै गीत रचना गरिएको र स्रोता दर्शकले जे जसरी बुझ्नु हुन्छ र परिभाषित गर्नु हुन्छ त्यसलाई नै स्वागत गरिने र आफुलाइ निरन्तर प्रेरित गर्ने बिषय बस्तुमा नै गीतहरु लेखिरहने जानकारी दिनु भयो भने सजल न्यौपानेले पनि आफुले आमातुल्य मानिने गीतकार ज्यु बाट ‘पाए मैले’ जस्तो हृदयस्पर्शी गीत पाउनु धेरै खुसी रहेको कुरा बताउनु भयो ।
हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाई पनि धेरै दिन धेरै पटक गीत सुने पछि मात्रै निर्देशनको कन्सेप्ट बनाएको र गीतको भावानुसार भिडियो तयार पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्