१२ श्रावण २०८१, शनिबार
Logo

गायक गुणराजको ‘हल्ला धेरै भो’ मा कविता ,भिजु ,अन्जु (भिडीयो )

लोकप्रिय गायक गुणराज श्रेष्ठको नयाँ गीत ‘हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौला र गायक गुणराजको मुख्य नृत्य र अभिनय रहेको छ भने सोमु गुरुङ, करण खतिवडा, बविता पोख्रेल, पोषण भण्डारी अष्मी भुजेल लगायतको आकर्षक नृत्य पनि समावेस छ । भिडियोलाई गायकको आफ्नै यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
अनिल के मानन्धरको छायांकन , प्रविण भट्टले सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् ।औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् ।
यसअघिका गीतहरु ”घार्र घुर्र” ,”पिरतीमा”, ”निष्ठुरीले”, ”निवेदन”बाट स्रोता दर्शकबाट प्रंशसा बटुलिसकेका गायक गुणराजका उनको पहिलो गीत ‘निष्ठुरीले मान्दै मानिन’ अत्यन्त प्रशंसा बटुलेको गीत हो । यो गीत सुनेर ईलाममा एक युवकले आत्महत्या समेत गरेका थिए । तर यस घटनालाई उनले आफ्नो सफलताको सिढी बनाउन चाहेनन् र यो कुरा बजारमा आएन पनि । औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन। .
कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गुणराजले दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्