१२ श्रावण २०८१, शनिबार
Logo

अमेरिकाबाट आशिषको ‘३६ घण्टा’ भिडियो सार्वजनिक ( भिडियो )

लामो पर्खाइ पछि गायक आशिष पोखरेलले आफ्नो दोस्रो म्युजिक भिडियो ‘३६ घण्टा’ आफ्नै अफिसियल च्यानल आशिष पोखरेल सार्वजनिक गरेका छन ।
बिशेष युवा पुस्तालाई समर्पित गर्दै तयार पारिएको यस गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन।
रमाइलो शैलीको भिडियोमा स्वयम गायक पोखरेल फिचर्ड छन। विक्रान्त रेग्मीको छायांकन ,संदेश शाहको सम्पादन र आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।
यसघि गायक पोखरेलले ‘के गरौ भन’ ,‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन । उनको ‘के गरौ भन’ को भिडियोलाई दर्शकले राम्रो साथ दिएका थिए ‘३६ घण्टा’ गीतबाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोखरेलले राखेका छन ।

https://www.youtube.com/watch?v=dmDcxGqH-o8

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्