८ जेष्ठ २०७९, आईतबार
Logo
final gp koirala advert

मोडेल सुशील रेग्मीको दमदार अभिनयमा ‘माया नयनी ताल ‘आउदै

लोकप्रिय गायक सरोज साजन श्रेष्ठ ‘एस थ्री’ को नयाँ लोकपप गीत ‘माया नयनी ताल ‘ को भर्खरै मात्रै शुटींग सम्पन्न भएको छ । यस गीतको भिडियोमा अहिलेका चर्चित मोडेल सुधिर श्रेष्ठ, रियाशा दाहाल र अर्का सम्भावना भएका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । सरोज साजन श्रेष्ठ कै शब्द, संगीत र स्वर भएको यस गीतमा नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ ।

ललितपुर र काठमाडौँ मा छायांकन भएको यस भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन। भिडियोमा उत्सव दाहालको छायांकन, सुरेन बसेलको नृत्य निर्देशन, दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ । सरोज साजन श्रेष्ठ प्रस्तुति र अन्तराष्ट्रिय कम्पनि नेप्सिनेको भिडियो निर्माण रहेको यस भिडियोमा निर्माता प्रेम रेग्मी रहेका छन् । सार्बजनिक हुन लागेको भिडियोमा नेप्सिनेको तर्फा बाट रायन रेज कार्यकारी निर्माता हुन् । यति बेला यो भिडियो को सम्पादन कार्य नेप्सिने फिल्म स्टुडियोमा बिकाश दाहालले गर्दै छन् । भिडियोलाई तीज पछि रिलिज गरिने निर्माण पक्षले बताएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्