१२ श्रावण २०८१, शनिबार
Logo

आइडलकी चर्चित गायिका रचना रिमालको ‘तिमि बिना’ रिलिज [भिडियो ]

लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘तिमि बिना’ सार्वजनिक भएको छ । रचना प्रधानको शब्द र ४ दशक देखि नेपाली सांगीतिक छेत्रमा अनवरत गायक एब संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र राहुल प्रधानको म्युजिक एरेन्जमेन्ट रहेको गीतको म्युजिक भिडियोलाई बुधबार साँझ रचना रिमालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा रितु पौडेल र नव कलाकार डेभिड सुबेदीको अभिनय रहेको छ भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।

प्रतिक्रिया दिनुहोस्