१२ श्रावण २०८१, शनिबार
Logo

चर्चित गायिका अन्जु पन्तको तीज गीत ‘ नाच्ने हो नचाउने हो’ सार्वजनिक [भिडियो ]

गीतकार कमला न्यौपानेको तीज गीत ‘ नाच्ने हो नचाउने हो’लाइ दर्शकले मन पराएका छन् ।चर्चित गायिका अन्जु पन्तको स्वर र
येदीन गजमेरको संगीत रहेको गीत केहि समय अघि मात्रै सार्वजनिक भएको थियो ।
चर्चित नायिका अनु शाह र साथीहरुको नृत्य तथा अभिनय रहेको गीतको भिडियोलाइ प्रकाश न्यौपानेले लागनी गरेका हुन् ।
भिडियोमा निर्देशन प्रकाश धिताल, छायांकन उत्सब दाहाल, सम्पादन बिकाश दाहाल, नृत्य निर्देशन सन्तोष राज बाहकको रहेको छ। गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्द रचनामा नेपालका चर्चित गायक गायिकाले आफ्नो स्वर दिई सकेका छन। केहि समय पहिला कमला न्यौपानेको शब्द तथा संगीतकार येदीन गजमेरको एकल संगीतमा होलिको गीतको भिडियो पनि सार्वजनिक भएको थियो र उक्त गीतले पनि चर्चा कमाएको थियो। यिनै दुई गीतकार र संगीतकार’ले अहिले हिन्दु महिलाहरुलाई तिजको कोसेली स्वरूप तीज गीत नाँच्ने हो नचाउने हो लाइ पनि दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्