१२ श्रावण २०८१, शनिबार
Logo

ब्रूक मेडो फार्मको लगानीमा मेलिनाले ल्याईन ‘आँखामा आँशु’ ( भिडियो )

लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘आँखामा आँशु’ सार्वजनिक भएको छ।
प्रदिप सुवेदीको शब्द रहेको यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेका हुन्। गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ।
कमल सिंह र प्रियाना आचार्यको अभिनय भिडियोमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले संचालन गरिरहेको अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार अर्यालले सकारात्मक साथ र प्रतिक्रियाको अपेक्षा दर्शक स्रोता र मिडिया हाउस बाट गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्