२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

चर्चित गायक राजु लामा र अस्मिता अधिकारी ‘देश निर्माणको संकल्प’ सार्वजनिक [भिडियो ]


चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्मीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ। मेगराज मगरातीको क्यामेरा ,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरोएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका आइसीसी मेम्बर समेत रहनु भएको गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गर्नु भएको छ । गीतकार बस्नेतको यस अघिको गीत प्रेम गरौ लाइ पनि दर्शकले मन पराएका थिए।

प्रतिक्रिया दिनुहोस्