१२ श्रावण २०८१, शनिबार
Logo

गायक नितिन गजुरेलको ‘अनुपम रंग’ सार्वजनिक (भिडियोसहित)

मोफसलमा रहेर नेपाली र अन्य भाषाभाषीका गीत संगीत मार्फत क्रियाशील गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘अनुपम रंग’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापाको रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।
लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्। कोरना कहरबीच निकै मिहिनेतका साथ बनाईएको यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्