२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

टिका दाहालको ‘मिल्टेरीको जुत्ता’ १० दिनमा १० लाख दर्शक माझ [भिडियो सहित ]

गायक पवन गिरीको ‘मिल्टेरीको जुत्ता’लाई १० दिनमा १० लाख दर्शकले हेरेका छन् । कोमाझ रना कहर बीच संगीत

प्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न सार्वजनिक रमाइलो डान्सिङ बिटको गीतलाई दर्शक स्रोताले निकै रुचाएका हुन्। गीतलाई एक हजार एक सय सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ भने शब्द रमेश दहालको रहेको छ। अस्ट्रेलियामा बसेर नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यले निर्देशन गरेका हुन्।
वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार भएको भिडियोलाई माया गरिदिएकोमा सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई निर्माण टिमले आभार प्रकट गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्