१२ श्रावण २०८१, शनिबार
Logo

शिवहरी पौड्याल र निरु खड्का अभिनित ‘माईत जान मन छ’ सार्वजनिक [भिडियो सहित ]

‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन्। गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन्। गीतका एरेन्जर विजय थापा हुन्। तीजमा माईत जान मन नहुने चेली को होलान् र ! चेलीको त्यही भावनालाई गीतमा व्यक्त गरिएको छ। गीतको भिडियोमा हास्य कलाकार शिवहरी पौड्याल र निरु खड्कालाई हेर्न सकिन्छ। साथमा कलाकार मिस्री थापाको पनि भिडियोमा अभिनय रहेको छ।

देवेन्द्र कुँवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले भिडियोको सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=qay2N-SNVh0

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्