पुर्व लडाकु होमनाथ ढकालको कृषि मन्त्री घनश्याम भुसाललाई सुझाव
होमनाथ ढकाल,
कृषि उत्पादनको क्षेत्रमा साथिहरुको बुझाई अनुदान, अनुदान, अनुदान मात्र भन्ने भयो । इभन बिकाशका हरेक क्षेत्रहरुमा अनुदान अनुदान भन्ने भाषा पो भाईरल बन्न खोज्दैछ । यो सरकारी अनुदानले मात्र हाम्रो देशको बिकाश र उन्नतीलाई अगाडि लैजान्छ भन्ने कुरा बुझाउन खोजिंदै छ । अनि यहि कुराको फलो गर्दै कृषि क्षेत्रमा अनुदान भजाएर राज्यको मोटो आर्थिक रकम झ्वाम पार्ने खेल देख्दा सहन गर्न मुस्किल भैरहेको छ । यसले किसानलाई दिएको सुबिधाले केही पनि तात्विक अन्तरभिन्नता देखिएको छैन । कृषी अनुदानको नाममा ब्रम्हलुट मच्चाईएको छ ।
बिषादिमा पनि अनुदान, मलमा पनि अनुदान, बिउमा पनि अनुदान, उत्पादनका साधन श्रोत र औजारहरुमा पनि अनुदान । यसो हेर्दा किसानलाई स्वर्गमा राखिदिएको जस्तो । मानौं सरकारी स्तरबाट किसानलाई कुनै पनि समस्या हुन दिईएकै छैन । बर्सेनि कृषि क्षेत्रमा बजेट बिनियोजन गरेर कुन ठाउँमा के प्रगती भएको होला देख्न पाईएको पनि छैन । किसानको जीवन स्तर जहाँको त्यहिं छ । कृषि क्षेत्रबाट किसानहरु पलायन हुँदै जाँदा हजारौं हजार हेक्टर जमिन बाँझो पल्टिंदै गैरहेको छ । अब यो पाराले हुन्न ।
मेरो बिचारमा यो अनुदान भन्ने कार्यक्रम जुन क्षेत्रमा लगानी गरिन्छ त्यो जनताको पंहुँच भन्दा माथिल्लो स्तरमा प्रयोग हुनु पर्ने कुरा हो जस्तो लाग्छ । उदाहरणको लागि राशायनिक मलको मूल्य महङ्गो छ किसानले सहजै उपयोग गर्न सक्ने अवस्थामा छैन त्यसैले मलमा अनुदान दिनु वान्छित हुन सक्छ यसमा पनि सरकारले हरेक बर्ष यसै गरि अनुदान दिईरहंदा राज्यको पैसा कहाँ गैरहेको छ ? प्रश्न गर्नु पर्ने अवस्था आयो । किन भने हाम्रो देशले राशायनिक मलकारखाना खोल्ने काम किन नगरेको ? लुट मच्चाउन पाईन्न भनेर हो ? कि अरु कारण भए त्यो तुरुन्त हटाउन पर्छ कि पर्दैन ?
सिंचाई निर्माण गर्न अनुदानको बजेट कार्यक्रम दिन सकिन्छ, अत्याधुनिक मेशिनरी खरिदमा अनुदान हुन सक्छ, कुनै पनि प्रकारको भोल्युममा लगानी गर्न सकिन्छ तर ५०० ग्रामको आलुको बिषादिमा पनि अनुदान भन्दा आश्चर्य लागेर आउँछ । अनुदान भन्ने चिज के हो ? पहिला यो बुझौं । अनुदान भनेको सम्पन्न साली बिकसित देशहरुले गरिव तथा अल्पबिकाशोन्मुख मुलुकलाई उसको हिसावले दुनियाईमा लाजको लोकाज बुझाउन वा मुखको बिर्को लगाउने नितिका रुपमा रचना गरिएको हुन्छ भने त्यो अनुदान प्राप्त गर्ने आर्थिक बिपन्न वा गरिव देशले बुद्धि पुर्याएर सहि उपयोग गरेमा त्यो देशको बिकाश र समृद्दिको लागि एउटा रचनात्मक आधार नै बन्न पनि सक्छ । होइन यो अनुदान भन्ने कुरो “फ्रि“ मा आएको चिज हो त्यसलाई हल्का रुपमा लिईयो भने यस्ता अनुदानको महत्व हिन हुन जान्छ ।
अनुदानका पनि हरेक सन्दर्भ र लक्षहरु अवस्य हुन्छन । ती बिकाश निर्माणमा अनुदान हुन सक्छ । ती भबितब्य बिपत्तिहरुको उद्धारमा हुन सक्छ । ती विभिन्न ब्यवसाय तथा रोजगारको वातावरण निर्माण गर्न हुन सक्छ । ती बिभिन्न क्षेत्रमा दक्ष जनशक्ती निर्माण गर्न पनि हुनसक्छ वा ती टेक्नोलोजी वा आविस्कारको क्षेत्रमा पनि हुनसक्छ । उर्जा वा अन्य पर्याबरणिय वा साँस्किर्तिक पुर्वाधार वा पर्यटन, वा किर्षी आधुनिकिकरण गर्न कुनै पनि क्षेत्रमा प्रयोग हुन सक्दछ । यसरी अनुदान प्रयोग गर्दा प्राप्त गर्ने देशले कुन क्षेत्रको बिकाश र समृद्दिको लागि गर्ने जसले गर्दा लक्ष्य पूरा होस ।
तसर्थ यो अनुदानले कस्ता कस्ता क्षेत्रहरुमा लागानी गरेर परिणाम मुखी सदुपयोग गर्ने हो जसमा दिने देशले पनि दिएको देखियोस र प्राप्त गर्ने देशले पनि गर्बका साथ भन्न सकोस कि मनकारी देशले सहयोग गर्दा हाम्रो देशले बिकास निर्माणको सन्दर्भमा फलानो क्षत्रको बिकासमा नयाँ उचाई हासिल गर्यो । यो बिपत्तिको मोचन गर्यो वा पेशा ब्यवशाय निर्माणको आधार तयार भयो । आदि ईत्यादी ।
अब हाम्रो देशमा दाता राष्ट्रहरुबाट प्राप्त हुँदै आउने गरेका अनुदानको ढाँचाहरु कस्तो भैरहेको छ त भन्दा एक दिनेले मुल्याङ्कन कसरी गर्छ , त्यो उसको कुरा हो तर हाम्रो देशको कुनै पनि यस्तो क्षेत्र होस पुर्णता पाउनै मुस्किल भयो । जति जति ठाउँमा अनुदान कार्यक्रम भएका छन मेरो ख्यालमा केही बिद्यालयहरु अवस्य बने तर अधिकांस कामहरु सधैं भरिका मगन्ते जस्ता न त खास बिषयले सम्पन्नता हासिल गर्यो न त अनुदान दिन छोडिएको नै छ । लैनु गाई जस्तो हरेक बर्ष दुहेर खाने र छेर्ने मात्र , प्रगती शून्य भएको छ । लगानिको नाममा विभिन्न एनजिओ र आईएनजिओलाई परिचालन गरेर कुन त्यस्तो श्रेष्टता हासिल गरियो ? यसको समग्र समीक्षा गर्नु पर्ने आवस्यकता छ ।
अर्को अनुदानको नाममा बैदेशिक लगानि ल्याउने अनि जुन मन लाग्यो त्यही क्षेत्रमा उहि शैलिमा अनुदानको बाँड चुंड गर्ने र सक्याउने । अझ त्यसमा पनि भागबण्डाको चक्रब्युहबाट गुज्रिदै आएको छ । जुन सहि होइन । चाहे त्यो अनुदानको कार्यक्रम होस वा चाहे देशको आन्तरिक बिकाशे कार्यक्रम । त्यसको सहि उपयोग भयो भएन अध्ययन, अनुगमन र सुपरिबेक्षेण नगरिदिने । यो समस्या अनुदानको लगानिमा मात्र होइन देशको आफ्नै बिकास निर्माण र कार्यक्रमका सबै फण्डाहरुमा समस्या छ । करप्सनमा शून्य सहन्शिलता भनिन्छ तर ब्यवहारमा शून्य । यो तरिकाले देशको सहि बिकाश हुन सक्दैन । यसमा सहि कार्य संपादन, सहि सोंचको र सहि बिचारको आवस्यकता छ । भिजनको आवस्यकता छ । त्यो त्यही रफ्तारमा गति बढाउनु पर्दछ । भिजन ल्याउने, मालिक बन्ने मात्र भयो भनेपनी काम छैन ।
आफ्नु अनुभव र काहनी ।
मैले यो कृषि क्षेत्रलाई बुझ्दै गर्दा सडक कारखानाका मजदुर, पल्टनको सिपाहि र यो किसान नाम गरेका जिवात जति दुखी सायद यो दुनियाँमा अरु कोहि छ भने भारी बोक्ने गधा र गाडा तान्ने भनौं वा हलो जोत्ने गोरु जति दुखी कोहि छैन । न सुख हुन्छ नत सन्तोस नै मिल्छ । खुसी र उमङ्ग खास खास पर्वहरुमा केही क्षण आउला तर आफ्ना आफन्ती र जोरिपारिको अगाडि देखासिखिको निम्ति केवल देखासिखिको निम्ति मुटुमाथी ढुङ्गा राखेर हाँसेजस्तो गर्ने, भित्र नअघाउँदा नअघाउँदै पनि अघाएको डगार सुनाएर स्वाँङ पार्न बिवश मजदुर, सिपाहि, किसान, गधा, र गोरु कति दुखी छन इनलाई बुझ्ने को छ ? अहँ । यिनको श्रम र पसिनाको कदर गर्ने को छ ? नाना किन नराम्रो कसैले सोध्न सक्छ ? हात खुट्टा फुट्यो सजिउनको चोप । घाम, पानी र पसिनाको कारण शरीरलाई सन्तुलित बनाउन नसक्दा कति पटक बिरामी पर्नु ? रोग लागेर बिरामी हुँदा अझै पनि गुनेल गानो, तातो पानी, रुदिलो, आकाशबेली, हड्चुरो, तितेपातिको जरा जीवन साथी बनेका कयौं उदाहरण छन ।
म उमेर ले चालीसमा हिंड्दैछु । माथी उल्लेखित विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ तर जिन्दगी त मेरो अघिकाहरुको पनि सित्तैँ बित्यो, मेरो पनि उहीँ हालत छ र म पछिका पनि उस्तै उस्तै देखिन्छ । आफ्नो आयुमा सबभन्दा कम बाँच्ने हामी यी पाँच प्राणिहरु मात्र हौं अरु सब लुटको दुनियाँ भन्दा बाहेक केही देखिन्न । मुक्तिको लागि जनयुद्दमा होमिएं र सिपाहिको अनुभव गरें । खासमा मेरा सुखद दिनहरु त्यति मात्रै थिए । जति दुख भए पनि खुशी खुशी पचाईयो यसमा म आफुलाई कृतार्थ ठान्दछु जो परिवर्तन भयो देशमा ।
त्यसपछी पुनस्र्थापनामा निस्किएर बैदेशिक नोकरी गर्न मलेशिया गएँ । कारखाना मजदुर बनेँ त्यहाँ काम गर्दा मलद्वारबाट घरी घरी दिशा न आएर पिच्च पिच्च ब्लड झर्थे । अर्काको देशमा कति पटक रुंदै रुंदै काम गरें । र अहिले पिताजिको बिंडो म उहीँ किसानि बनेर सित्तैँ जिन्दगी बिताई रहेको छु । न सुख शान्ती छ न आनन्दता । हरेक चाडपर्वहरु मेरा निम्ति गलपासो बनेर उभिन्छ । पचाउन मुस्किल छ । दुई दिन २० मा बेच्दा अरु दिन भाउ झर्दै जान्छ । उचित मूल्य छैन ।
यसले मात्र हुन्न एकहजार कुखुरा पालौं भन्ने लाग्यो । खोर बनाएँ । सबै आधारभुत तयारी गर्दा ५ लाख लगानी भयो । चल्ला ल्याउन १.५ लाख डिपोजिट गर्नु पर्ने भयो । मुस्किल भयो । जेन तेन सहयोगी किसान दाजुहरुको सहयोगले कुखुरा पाल्न शुरु गरेको कमाउँला भनेको आफ्नो कमाई जति ठेकेदार दाना उद्योग र भटेनरिले गर्दो रहेछ । एक बर्ष लगातर पालें उल्टै झण्डै ५ लाख ऋणमा पुगेँ । कारण के होला भनेर अध्ययन गर्दै जाँदा दुप्लिकेट दाना, डुप्लिकेट चल्ला । किसानको कुखुरा अब पर्छ भनेपछी मुल्यमा भारी गिरावट हुने गरेपछि दानामालिक र हेँचुरी मालिक काटी दिन्छु भनेर सार्वजनिक रुपमै सामाजिक सन्जालमा पोष्ट गरिसकेपछी पोहोर देखि अहिले सम्म ठेकेदारले पैसा मागेको पनि छैन र मैले कुखुरा हालेको पनि छैन, खोर रित्तै थोतृदै गैरहेको छ । पैतृक जायजेथा राखेर बैंकमा कर्जा लिन खोज्यो बैंकले यसले मासिक रुपमा बैंकको ब्याज चलाउन सक्छकी सक्दैन त्यो खोज्दो रहेछ । जागिर,व्यापार, पेशा ब्यवसाय भए लगानी गर्ने नत्र नगर्ने भन्दो रहेछ । त्यो नसक्ने देख्यो भने फगत कृषी उत्पादनले मासिक ब्याज धान्दैन भनेर ऋण दिन समेत अस्विकार गर्ने बैंकहरु हामिलाई के काम ? लघुबित्त जाउँ महङ्गो ब्याज कति तिर्ने ? स्थानिय सहकारी पनि लघुबित्त जस्तो भए पछि किसान गरिव मजदुर कसरी बाँच्ने ?
अनि पिर लाग्छ आक्रोसित होइन्छ र देशका शाषकहरुदेखी रिस उठेर आउँछ । मानौं तिनका सुरक्षा कबच नहुने हो भने चोक्टा चोक्टा पारेर खाउँ जस्तो हुन्छ । यो मलाई मात्र हुन्छ जस्तो लाग्दैन मलाई । त्यो मजदुर, सिपाही, किसान, गधा र गोरु सबैलाई त्यस्तै हुन्छ । तर यहि जिन्दगिको सुबिधा कसरी यहि क्षेत्रबाट यहि जिवनमा सुधार्न सकिए सबैको धन्यावादको पात्र हुईन्छ कि भन्ने कता कता आशा पनि जागेर आउँछ । यस्ता जिवनमा पनि शुखशान्तिका घाम लाग्छन कि ! भनेर संघर्षरत छु ।
अब यो देशमा किसानको समस्या कसरी समाधान गर्ने ? किसानलाई अनुदान बिपत्तिमा दिने त्यो हेरेर । अरु सहजै किसानले खरिद गर्न नसक्ने चिजहरु जस्तै जमिन जोत खन गर्ने पावर टिलर, ट्र्याक्टर लगाएत आधुनिक उत्पादनका साधन(श्रोत र औजारहरुमा, बीउ, बिजन, बिषादी र मलखादहरुमा, किसानको जमिनबाट बजारसम्म सहज पहुँचको ब्यवस्था गर्नु पर्दछ । पहिरिने कपडा, सजिने चिटिचट्ट गरगहनादेखि बजार बाट खरिद गरिने हरेक बस्तुहरुको मूल्य निर्धारित हुन्छ । व्यापार ब्यवसाय गर्नेहरुले उनका सामानको सम्पुर्ण लागत देखि सरकारी कर, हुँदै आफुलाई सामान हेरि अधिकतम नाफाको मूल्य समेत जोडेर बिक्री गर्दछ । यसरी एउटा ब्यापारिले बिस्तारै धन आर्जन गर्दै आफुलाई किराबाट हिरामा परिणत गर्दछ तर हामी किसान, फौजको सिपाहि कारखानाका मजदुरहरु कहिले हिरा बन्ने ? हामीलाई जस्तो चरम शोषण र विभेद अन्त काहीँ पाईंदैन ।
यहाँ जातिय विभेद, धार्मिक विभेद, क्षेतृय विभेद, लैङ्गिक विभेद र साँस्कृतिक विभेद जे भने पनि आर्थिक शोषणको विभेद, श्रम शोषणको विभेद अन्त्य नगरी देशमा अन्य बिभेदको अन्त्य सम्भव छैन । हाम्रो जस्तो कृषि प्रधान मुलुकमा किसानहरु सुखी र खुशी हुने वातावरण निर्माण नहुन्जेल देशले तरकी गर्न पनि सक्दैन । त्यसैले किसानका सम्पुर्ण किर्षी उपज जसको उत्पादन र पसिना खाएर संसार सन्तुष्ट छ भने किसान मजदुर सिपाहिको जिवनमा परिवर्तन ल्याउन राष्ट्रले योगदान गर्न किन सक्दैन ?
मेरो बिचारमा सक्नु पर्दछ । देश बिकाश र स्थाई शान्तिको प्रारुप भनेकै कसैको दुख र श्रमको समुचित सम्बोधन गर्नु हो । जुन देशले यो गर्दैन त्यो देशमा सधैं विभेद र अशान्तिका कालाबादलहरुले छोड्दैनन । हाम्रो देशको मुल भुत समस्या यिनै हुन भनेर देश चलाउनेहरुको दिमाखले कहिले देख्ने ? आज भोलिको महङ्गाई र तडक भडक युक्त परिस्थितिमा किसानका उपादनहरुको सहि बजार ब्यवस्थापन र माल बस्तुको मूल्य समायोजन मात्रै गरिदिंदा पनि अद्भुत कायापलट हुने देखिन्छ ।
पर के जि ५० रुपयाँ बजार देउ । चाहे खाध्यान्ह होस वा सब्जी तरकारि । उपभोक्ता लाई ७० रुपयाँमा पुरयाउँ । यसो गर्दा उपभोक्ता पनि नमर्ने, बिचौलिया पनि साइजमा आउने, किसानले पनि खुसिसाथ आफ्नो पेशाभित्र भविस्य देख्ने । ब्रोईलर कुखुरा खोर काँटा प्रती के जि रु. ३०० मा तयारी मासु रु. ३५० गरौं । यसो हुंदा अन्नको भाउ बढेपछी दाना प्रती बोरा रु. ३५०० दिन सकिन्छ । यसै गरि कृषि क्षेत्रका विभिन्न सेक्टरहरु छन तिनको गंभिर अध्यन र सो बारे समुचित नीति कार्यक्रमको उत्तिकै आवस्यकता छ । सरकारले किसानको उत्पादन र बजार ब्यवस्थापनलाई यसरी साघाउन परयो ।
हामिले आफ्नो देशको जमिन बाँझो राखेर बिदेशी खाध्यान्न, तरकारी, माछा( मासु, फलफुल किन खाने ? भारतमा उत्पादन हुने चिज नेपालमा किन हुन्न ? सरकार जिम्मेवार र जवाफदेही बने के हुंदैन ? कृषी क्षेत्रमा कायापलट ल्याउन सकिन्छ । यसरि आत्म निर्भर भइन्छ । बाँझो जमिन फेरि फुट्न थाल्दछन ।
होमनाथ ढकाल
लिखु गाउँपालिका १, नुवाकोट
प्रतिक्रिया दिनुहोस्